Wednesday 2nd September 2026

कोरोना भाइरसको कारण नेपालमा अहिलेसम्म २ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको कारण नेपालमा अहिले सम्म २ जनाको मृत्यु भएको छ । आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको थियो । उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

नरैनापुरस्थित दिपेन्द्र प्राथमिक विद्यालयमा रहेको क्वारन्टीनमा रहेका ती युवा बैशाख ३० गते भारतको मुम्बईबाट आएको बताइएको छ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खानले उनलाई शनिवार राति वान्ता हुनुका साथै एक्कासी ज्वरो देखिएको र बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको बताए ।

यसअघि शनिवार सिन्धुपाल्चोककी नौ दिनकी सुत्केरी महिलाको कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु भएको थियो। शुरूमा २ जनामा कोरोना संक्रमण देखिएपछि चैत ११ गतेदेखि नेपाल सरकारले लकडाउन शुरू गरेको थियो भने लकडाउनको ५५ दिन सम्म अाइपुग्दा देशभरमा कुल २९२ जना संक्रमित भइ ३६ जना निको भएर घर फर्केका छन् भने २ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।


सम्बन्धित शीर्षकहरु

इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना लाल…

मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनाव फेरि बढेको छ भने यो द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको छ । अमेरिकी सेनाले इरानविरुद्धको…

नेपाल–चीन सीमामा हिमताल फुटेर आएको विनाशकारी बाढीमा परी हालसम्म १,२०४ जनाको मृत्यु भएको छ भने ४,२०० भन्दा बढी मानिस अझै…

प्रतिकृयाहरू
...