Tuesday 20th October 2026

कोरोना भाइरसको कारण नेपालमा १ जनाको मृत्यु, कुल संक्रमित २८१ जना पुगे


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ गाँजेको कोरोना भाइरसबाट नेपालमा पहिलोपटक एक जना महिलाको मृत्यु भएको छ ।  स्वास्थ्य मन्त्रालयले पहिलो पटक नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको औपचारिक पुष्टि गरेको हो। सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी ती महिलामा श्वास्प्रश्वासमा समस्या भएपछि धुलिखेलमा थप उपचारका लागि आउँदै गर्दा बाटोमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस सम्बन्धमा थप विवरण लिइएको र परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ । कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो ।

त्यसै गरि शनिबार राती पुनः  दुई जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु नै भएपछि संक्रमितको कुल संख्या १ सय ८१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला संक्रमित धनुषाका २० र ६५ वर्षका पुरुष छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डाैंमा गरिएको परिक्षण पश्चात नयाँ २ जनाको संक्रमित पुष्टि भएको हो ।

कोरोना भाइरसको कारण संसार भर ४६ लाख ३८ हजार भन्दा बढी सक्रमित भइ १७ लाख ५२ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरेका छन् भने ३ लाख १० हजार भन्दा बढिको ज्यान गएको छ । नेपालमा भने २८१ जना संक्रमित भइ ३६ जना उपचार पश्चात घर फर्केका छन् भने १ जनाको मृत्यु भएको हो ।


सम्बन्धित शीर्षकहरु

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली…

यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २००…

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा जोखिम र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, यूएई, कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक,…

प्रतिकृयाहरू
...