Friday 7th August 2026

कोरोना भाइरसको कारण नेपालमा १ जनाको मृत्यु, कुल संक्रमित २८१ जना पुगे


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ गाँजेको कोरोना भाइरसबाट नेपालमा पहिलोपटक एक जना महिलाको मृत्यु भएको छ ।  स्वास्थ्य मन्त्रालयले पहिलो पटक नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको औपचारिक पुष्टि गरेको हो। सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी ती महिलामा श्वास्प्रश्वासमा समस्या भएपछि धुलिखेलमा थप उपचारका लागि आउँदै गर्दा बाटोमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस सम्बन्धमा थप विवरण लिइएको र परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ । कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो ।

त्यसै गरि शनिबार राती पुनः  दुई जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु नै भएपछि संक्रमितको कुल संख्या १ सय ८१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला संक्रमित धनुषाका २० र ६५ वर्षका पुरुष छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डाैंमा गरिएको परिक्षण पश्चात नयाँ २ जनाको संक्रमित पुष्टि भएको हो ।

कोरोना भाइरसको कारण संसार भर ४६ लाख ३८ हजार भन्दा बढी सक्रमित भइ १७ लाख ५२ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरेका छन् भने ३ लाख १० हजार भन्दा बढिको ज्यान गएको छ । नेपालमा भने २८१ जना संक्रमित भइ ३६ जना उपचार पश्चात घर फर्केका छन् भने १ जनाको मृत्यु भएको हो ।


सम्बन्धित शीर्षकहरु

बेलायतको Heathrow Airport मा कार्यरत एक सुरक्षा अधिकारीले प्यालेस्टिनी झण्डा अंकित ब्याज हटाउन दिएको निर्देशनलाई धार्मिक तथा जातीय विभेद भएको…

किभ । रूसले गरेको पछिल्लो भीषण हवाई आक्रमणमा युक्रेनले एउटै पनि ब्यालेस्टिक मिसाइल अवरोध गर्न नसकेको युक्रेनी वायुसेनाले जनाएको छ।…

रियाद । एक वरिष्ठ साउदी अधिकारीलाई उद्धृत गर्दै अल अराबिया इङ्ग्लिसले हुथी विद्रोही, इराकस्थित इरान समर्थित सशस्त्र समूहहरू र इरानको…

प्रतिकृयाहरू
...