Saturday 31st January 2026

प्रवासमा रहेका करिब ६ लाख नेपालीलाई उद्दार गर्नुपर्ने


तितोपाटी- कुवेत र युएई सरकारले यहाँ रहेका नेपालीलाई काठमाडौं पठाईदिने भन्दै सरकारलाई पत्र पठाएको छ। सोमबार राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रबारे जानकारी गराएका थिए। उनका अनुसार अनुसार यूएईले दुईवटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र पठाएको छ।

त्यस्तै नेपालले तत्काल २ लाख १० हजार नेपालीलाई तत्काल उद्दार गर्नुपर्ने अवस्था रहेको ज्ञवालीले यो तथ्यांक सार्वजनिक गरेका छन्। कोरोना भाइरसका कारण विश्वका अधिकांश मुलुक लकडाउनमा गएपछि सरकारले उद्दार गर्नुपर्ने नेपाली नागरिको संख्याबारे एक अध्ययन गरेको थियो। उक्त अध्ययनलाई आधार बनाउँदै मन्त्री ज्ञवालीले तत्कालै र केही समयपछि गरी विश्वभरबाट जम्मा ५ लाख ८८ हजार ७ सयको हाराहारीमा नेपालीलाई उद्दार गर्नुपर्ने बेला आएको बताए। जसमध्ये भारतबाट मात्र २ लाख ५० हजारको हाराहारीमा नेपाली नागरिकलाई उद्दार गर्नुपर्ने उनको भनाई छ।

साभार अन्नपूर्णपोष्ट बाट


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...