Wednesday 14th January 2026

कुवेतमा कार्यरत मकवानपुरकी सुजिता थिङ ३ महिनादेखि सम्पर्कबिहिन, खोजीको लागि आग्रह


राजन श्रेष्ठ – कुवेतमा घरेलु कामदारको रूपमा काम गर्दै आएकी  एक नेपाली महिला ३ महिना देखि सम्पर्क बिहिन भएकी छन् । मकवानपुर जिल्लाको आमभञ्ज्याङ-४ घर भएकी राहदानी नं. ४५०००६३ की ३७ वर्षीया सुजिता थिङ गत फेब्रुअरी ९ तारिक देखि सम्पर्क बिहिन रहेको सुजिताका नेपाल स्थित परिवारजनले जनाउँदै खोजी गरिदिन आग्रह गरेका छन् ।

सुजिताको परिवारजनले तितोपाटी डट कम लाइ जानकारी गराए अनुसार वैदेशिक रोजगारीको शिलशिलामा करिब ५ वर्ष अघि २०७२ सालमा घरेलु कामदारको रूपमा कुवेत आएकी सुजिता आफु काम गर्न गएको घरमा काम गर्न असहज भए पछि सो घरबाट भागी मासिक रूपमा कन्ट्र्याक्टमा काममा पठाउने एजेन्ट मार्फत काम गर्दै आएकोमा त्यसरी मासिक काम गर्ने शिलशिलामा सुजिता बिरामी भइ काम गर्न नसक्ने भएपछि आफैंले पैसा तिरेर डिपोर्टेसन प्रकृयाबाट नेपाल फर्कन लागेको भन्दै परिवारलाइ सम्पर्क गरेकी थिइन् ।

गत फेब्रुअरी ९ तारिख अन्तिम पटक सम्पर्क गरेदेखि अहिलेसम्म कहिँ कतैबाट परिवारसँग सम्पर्कमा नआएकोले खोजी गरिदिनको लागि कुवेत स्थित नेपाली राजदूतावास कुवेत, गैरआवासीय नेपाली संघ, कुवेतमा कृयाशिल रहेका संघ संस्थाहरू, मिडियाकर्मीहरू, सामाजिक अभियन्ताहरू लगायत सम्पुर्ण कुवेतवासी  नेपालीहरूमा सुजिताको परिवारले विनम्र अनुरोध गरेको छ ।

कुवेतमा हराएकी सुजिताको बारेमा परिवारजनबाट प्राप्त कागजात तथा सम्पूर्ण जानकारी नेपाली राजदूतावासमा पठाइ सकिएको छ। यस बारेमा नेपाली राजदूतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माले पासपोर्ट नं. को आधारमा स्थिति पत्ता लगाइने जानकारी दिनु भएको छ ।

फोटोमा देखिएकी सुजिता थिङलाई कुवेतमा कसैले देख्नु वा चिन्नु भएको छ भने नेपाली राजदूतावास कुवेतको हटलाइन नं-९८८६९१२१ वा कोसेली न्यूज (तितोपाटी डटकम) का सदस्यहरु वा नेपालमा नेपालमा सुजिताको आमालाइ मोवाइल नं. ९८१११८६१४५ मा सम्पर्क गरिदिनु होला।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...