तोयानाथ उपेक्षित, विषयको गंभिरतालाई विषयान्तर गर्ने उद्देश्यले शसस्त्रको एक टुकडी दार्चुला आज भोली नै पठाउन लागिएको छ । परराष्ट्र मन्त्रीले प्रदिप ज्ञावलीले दिएको यो जानकारी को अन्र्तयमा जनआक्रोष दवाउने घुमाउरो सेन्टिमेन्टको भ्रम सृजना गर्न खोजिन्दैछ ।
यो आन्दोलन सरकारको विरुद्धमा गर्नु परेको भनेर पनि बुझन चाही हुदैन । जो सरकारमा छ त्यसले प्रभावकारी कदम चाल्नु पर्दछ भन्ने समग्र आन्दोलन को मकसद हो । देश बचाउने अभियान यति उचाईमा पुग्न जरुरी छ जसका कारण सरकारलाई पनि मद्दत नै होस । आन्दोलनकारी थुन्ने, समाउने काम सरकारले छाड्न पर्दछ । कसैका दुतावासलाई सुरक्षा दिन पर्दछ भने त्यो भन्दा बाहेकको क्षेत्रमा जनताले विरोध गर्दा सरकार तर्सन हुदैन ।
हो, नेपालको सीमाना ओली सरकारका पालामा मिचिएको होईन भन्ने साँचो कुरा हो । तर भारतले मिच्दै आएको सीमानालाई बैधता दिने कुरामा हिजोका दिन देखि नै ओलीको भूमिका पनि कम छैन । राप्रपा, कांग्रेस त भारतका मतियार नै हुन । कम्युनिष्ट तुलनात्मक रुपमा बढी राष्ट्रबादी हुन्छन भन्ने आम मानिसहरुको बुझाईमा कतै न कतै घात भने हुदै आएको सास्वत सत्य पनि हो । धेरै टाढा नजाउ विगत तीन महिना पहिले भारतले नयाँ नक्सा जारी गर्दा देश व्यापी रुपमा उठेको आन्दोलन र सरकारलाई दिएको समर्थन ले केही परिणाम निकाल्न नसक्दा आज सडकको औपचारिक उदघाटन भएको हो भन्ने कुरा कसैले नर्कान सक्दैन । खबरदारी नगर्नु र आन्दोलन साम्य हुदै गए पछि सरकार ढुक्क मानेर बस्नु नै जनताप्रतिको घात वा धोका हो ? किन चुक्यो सरकार यतिका दिन सम्म ? एउटा आफ्नो तर्फबाट नक्सा समेत जारी नगरेर भूमि नै फिर्ता ल्याउछौ भनेको खोई ? न नक्सा, न भूमी, न बार्ता , न डिबेट, न त अन्तराष्ट्रिय हारगुहार ।
अन्तराष्ट्रियकरण गर्ने बेला भएको छैन भन्ने प्रचण्ड ले अब के भन्छन ? भारतले बाटो बनाउदैछ भनेर सरकारलाई जानकारी थियो भन्ने परराष्ट्र मन्त्रीले के हेरेर बसे ? सवालहरु धेरै उठ्नेवाला छन । देशको सार्वभौमिकतामा नै सरकार र त्यस दलका नेताहरुको यस्तो उदासिनता भए पछि यीनीहरुलाई समर्थन गर्नेहरुले जनतालाई के भनेर लाज ढाक्ने ? सम्पूर्ण देशले एक ढिक्का भएर समर्थन गर्दा पनि अगाडी बढ्न नसक्ने हो भने सरकार लाई असक्षम भन्न पाउने की नपाउने ? हामी कराउदै गर्छौ भारतले आफ्नो उपस्थिती भौतिक रुपमा झन दहो बनाउदै लान्छ अनि अब त्यो लुटिएको भूमी फिर्ता हुन्छ होला भनेर के आधारले मान्ने ? अन्तराष्ट्रिय करण गर्न पनि डराउने , सेना लगेर राईफल सोझ्याउन पनि डराउने, नेपाल ले गर्ने कुरा लाई महत्व नै नदिने छिमेकी को मिचाहा प्रबृतीलाई रोक्ने अस्त्र के हो त ?
यहाँ यहि गंभिर आशंका छ की हाम्रा सवै दलका सव का सव नेताहरु भारतको सँस्थापन सँग विभिन्न कालखण्डमा चुकेका छन । कसैले सत्ता उसको निगाहबाट प्राप्त गरेका छन कसैले सातुसामल धोकेर बसेका छन । उनीहरु उफ्रिने वित्तिकै यी सवै पोल भारतले खोल्छ भन्ने डर छ । दरबार उडाउन सक्ने, काठमाण्डौको मुटुमा पसेर उसले चाहेको मानिसलाई गोली ले उडाउन सक्ने भारतसँग नेताहरुलाई डर छ । नेपालको व्युरोक्रयाट सवै भ्रष्ट छ, सवै दलमा रअ का मानिस भरिएका छन । कोही भारतबाट सुरक्षित छैन । पकाएर, धम्काएर, चटाएर वा चखाएर भारत नेपाली राज्य सत्ता भित्र खेल्छ र खेल्दै आएको छ । राजनैतिक दुनो सोझ्याउन र सरकारलाई बदनाम गराउन सडकमा अहिले दलका नाममा उफारेका मानिसहरुलाई थाहा छैन यो पनि एक प्रकारको नाटक मात्र हो । यस्ता नाटकहरु जुन दलले धेरै मन्चन गर्न सक्यो त्यसको बोनस चुनावमा पाईन्छ भन्ने यीनलाई थाहा छ ।
कालापानी र नालापानीका कथाहरु यसरी नै ईतिहासमा लेखिन्दै जान्छन । कमाउनेका सन्तती विदेशमा सेटल हुदै जान्छन । जनता लाई उफार्ने राजनीती सधै भईरहन्छ । सिमाना शिल गर भनेर जनता चिच्याएको कयौ बर्ष भयो अहिले भारतले कोरोना खन्याई दिदैछ । तै पनि हामी बुझदैनौ, तराईमा उसका मानिसलाई नागरिकता बाडेर फिजी बनाउन खोज्दैछ तै पनि हामी उसकै एजेन्डामा यो वा त्यो पार्टी वा अधिकार भन्दै विभाजित छौ । सके सिक्किम नसके माईक्रो मेनेजमेन्ट गर्दै जाने, नन्दी भृंगी तयार पारेर हामीलाई जुदाउदै लाने र बुख्याचा तयार पार्दै राज्य सत्तामा चढाउने र चाहे जस्तो संझौताहरुमा घुडा टेकाउदै लाने भारतको घोषित नितीको दास हुन भन्दा अब कित्ता काट गरेर चिनसँग रक्षा र सुरक्षाको संन्धि गर्दै भारतलाई नेपाल बाट लखेटिएन भने यो देशका जनता कहिल्यै पनि स्वाधिन हुने छैनन ।