Wednesday 14th May 2025

लैनचौर माथि धावा बोल्ने बेला आएको छ


तोयानाथ उपेक्षित, वर्षौ पहिले देखि मिचेको नेपालको भूमी सहितको नक्सा गत बर्ष भारतले जारी गर्यो । त्यसको विरुद्धमा नेपालमा अभूतपूर्व एकता देखियो । जनता सडकमा उर्लिए । सरकारले एउटा डिप्लोमेटिक नोट भारतलाई पठायो र जनतालाई थुमथुमायो । अहिले त्यो नेपाली भूमीमा उसले सडक बनाएर चिनको सिमानामा पुर्यायो ।

भारतलाई डिप्लोमेटिक नोट पठाएको बदलामा उक्त भूमि हुदै चिनसँग जोड्ने सडक निर्माण गरेर हिजो मात्र भारतले त्यसको औपचारिक उदघाटन गरर्यो । लक डाउनको यो भारतिय मौका छोपाई को मतलब के छर्लङ्ग छैन ? उसले हाम्रो जनता कुना पसेको मौका छोपेको होईन । यहाँका शासकलाई त उसले बाल बराबर पनि गन्दैन । सवै दलका नेताले उसको जुठो खाएका छन कोही बोल्न सक्दैनन भन्ने उसलाई राम्रो थाहा छ । डराउने नेपाली जनतासँग मात्र हो जो यतिबेला घरभित्र छन । धन्य हाम्रा प्रधानमन्त्रीको व्यस्ततालाई मध्यनजर गर्दै संयुक्त रुपमा अनलाइन उदघाटन गरौ भनेर निम्तो नदिएर उहाँको सम्मान गरेछ । संयोग पनि कस्तो हिजै ५० जना जति चिनिया आएर नेपाल सरकारको मुख्य प्रशासनिक केन्द्र सिंह दरबारमा जबरजस्ती प्रवेश गर्ने दुस्साहास मात्र गरेनन, प्रहरी माथि दिनदाहाडै धावा बोले । हाम्रो स्वभिमानको धज्जी उडाउने हिजोका प्रतिनिधीमुलक यी दुई ठुला घटनाले हाम्रो निरिहता कती निम्छरो रहेछ भन्ने प्रष्ट पारेको छ । हेप्नको पनि एउटा सिमा हुन्छ नी ।

एक टन मेडिकल सामाग्रि र एक ट्रक खाद्यान्नका लागि उनीहरुको मुख ताक्न पर्ने गरी देशलाई खोक्रो र लुते बनाएका भ्रष्टचारी नेताहरुको कारण सत्तामा जो गए पनि आखिर अन्याय सहेर झुक्नुको विकल्प नै के रहदो रहेछर ? हामीले कुर्लने राष्ट्रवाद कति खोक्रो र फिक्का छ आफै मनन गरौ । जनताको साथ र ऐक्यबद्धता सरकारलाई जति सुकै मुल्यको भए पनि त्यो बल नैतिक पनि हुन सकेन र राज्य सरकार भए जस्तो हुन पनि सकेन ।

हाम्रा नेताहरुको झगडा मिलाउन तिनै आउन पर्ने । शासन कसरी चलाउ भनेर तिनैलाई सोध्न पर्ने भए पछि जनताको साथको के अर्थ रहन्छ ? तिनका आर्शिवादमा भरोसा गर्ने हाम्रा नेताहरुका श्रीमति तान्न कुनै दिन छिमेकी देशबाट कोही आए पनि अचम्म मान्न पर्दैन त्यति बेला पनि नेताहरुले सत्ता जोगाउने शर्तमा प्रतिकार गर्ने छैनन भनेर बुझदा हुन्छ । अन्यथा नहोस, एक त कोरोनाको कहर छ । छिमेकीहरु लक डाउनका बीच राजनैतिक रणनितीका गोटी चालिरहेका छन । उत्तरको छिमेकी यसै महामारीका बीच आफूलाई सुपरशक्ति बनाउने दौडमा छ दक्षिणको छिमेकी व्वासोले झै छिमेकीलाई सुमसुम्याउदै र आपसमा झगडा लगाई दिदै निरन्तर सार्वभौमिकतामाथि हस्तक्षेप बढाईरहेको छ । एमसीसी ले उत्तर रिसाको मौकामा दक्षिणकाले चौका हानेर देश लुटेको लुटै छ । असंलघन परराष्ट्र नीतीको नाममा नेपाल न यताको, न उताको हुन सक्यो । दुवैले भागबण्डा गरेर देशलाई चिरेछन भने पनि अनौठो मान्न हुदैन ।

यतिबेला सरकारी वकिलको कार्यलयमा जुलुस लिएर जान कुनै राजनैतिक दललाइ वितेको छ, कसैलाई आफ्नै पार्टी भित्र सरकार बदल्ने हतारो छ । कोरोनाको लागि देशमा किट छैन विदेशी भूमिमा रोईरहेका लाखौ युवाहरुको रोदन र क्रन्दन सुन्ने कसैलाई फूर्सद छैन । छिमेकी ले सयौ किलोमिटर बाटो खनेको देशलाई पत्तो हुदैन । अरबौ को रकम खाएर बसेका विशेष अनुसन्धान गर्ने निकायले पत्तो पाउदैन । सवै दुईतिर तलब थाप्ने कर्मचारी तन्त्रका कुलंघारहरुबाट कसरी देशको सुरक्षा होस ? किन चाहियो यस्ता पार्टीहरु ? किन चाहियो यस्ता सरकारहरु ? जनताको ढिकुटी रित्याउन का लागि मात्र हुन जनताका प्रतिनिधीहरु ? सत्ता र कुर्शी हत्याउन का लागि मात्र हुन यीनका अभिष्ट दर्शन र राजनैतिक गन्तव्यहरु ?

हेरौ भोलीका दिनमा लिपुलेख को मुद्धामा कसले के बोल्छ ? कसले के लेख्छ ? हिजो त्यत्रो अभूतपूर्व समर्थन पाउदा पनि सरकारले भारतीय हस्तक्षेप लाई अन्तराष्ट्रियकरण गर्न नमानेको परिणाम उसले सडकको उदघाटन गर्यो । लैनचौरमा रक्सी पिउने नेताहरुका कारण देश बरबाद भईरहेको छ जनताले लैनचौरको जमिन खाली नगर्ने हो भने यो देशमा शान्ति, स्थिरता, विकाश र स्वभिमान केही पनि रहने वाला छैन अब अति भो । देश सानो छ भन्दैमा, गरिब छ भन्दैमा भारतले गरेको मनपरी सहनु पर्दछ भन्ने हुदैन । त्यो देश भन्दा बाहेक पनि संसारमा सयौ अरु देश पनि छन । छिमेकी फेर्न नसके पनि छिमेकीको व्यहोरा फेर्न अब रामनाम जपेर हुदैन । वारको पार हुने गरी कुटनैतिक सम्बन्ध को मार्ग बदल्न जरुरी छ । कोरोनाको डर भन्दा ठुलो डर देशै नरहला भन्ने भैसक्यो । लकडाउन तोडेर लैनचौर नभत्काए नेपालको हित होला भनेर सोच्न छाडने बेला आईसक्यो ।


सम्बन्धित शीर्षकहरु

KYIV: युक्रेन र उसका सहयोगीहरू सोमबारदेखि कम्तिमा ३० दिनको लागि रूससँग "पूर्ण, बिना शर्त युद्धविराम" को लागि तयार छन्, युक्रेनी…

दिनहुँको सैन्य वृद्धि, सीमापार घातक आक्रमण, आरोप-प्रत्यारोप र प्रति-आरोपपछि भारत र पाकिस्तानले तत्काल युद्धविराम गर्न सहमत भएका छन्। सन् १९४७…

एजेन्सी -पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आणविक र क्षेप्यास्त्र नीतिबारे निर्णय गर्नका लागि देशको सर्वोच्च निकायको बैठक बोलाएका छन्। ‘प्रधानमन्त्रीले राष्ट्रिय…

प्रतिकृयाहरू
...