Wednesday 14th January 2026

कुवेतमा संखुवासभाका मान बहादुरको हृदयघातका कारण मृत्यु


हरि कृष्ण न्यौपाने-संखुवासभा घर भई करिब १८ महिना देखि कुवेतमा कार्यरत ३७ वर्षिय मान बहादुर आलेको हृदयघातको कारण मृत्यु भएको छ।प्राप्त जानकारी अनुसार आलेको कुवेतको मिनाजोर (जुलाइया नजिक) कम्पनीको आवास गृह (क्याम्प)मै आज मेई ७ तारिक बिहिबार २०२० का दिन बिहान मृत्यु भएको हो।

नेपाली राजदूतावास कुवेतका द्वितिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डटकम संग भने “राहदानी नं ०८५७४८०७ भएका मान बहादुर आलेको हृदयघातका कारण मृत्यु भएको जानकरी दूतावासलाई आएको छ। उनी अल्घानिम इन्जिनियरिङ जनरल कन्ट्याक्टिङ कम्पनीमा काम गर्दै आएका थिए।”सिलवालले थपे” कम्पनिले मृतकको राहदानी र परिवारको सम्पर्क नम्बर सहित दूतावासमा सम्पर्क गरेको छ।हामी कम्पनी र परिवार संग समन्वय गर्दै कानुनी प्रक्रिया अगाडि बढाउने छौ।”

मृतकको शबलाई आबश्यक कानुनी प्रक्रियाका लागि फर्वानिया अस्पताल लगिएको छ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...