Friday 20th March 2026

नेपालमा कोरोना संक्रमित अरू ६ जना डिस्चार्ज, संक्रमितको संख्या ८२ मै स्थिर


तितोपाटी – कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ६ जना कोरोना संक्रमितको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ। विराटनगरस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सामाजिक विकास मन्त्री जिवन घिमिरेले अस्पतालबाट बिदा गरेका हुन्। उदयपुरबाट उनीहरुसँग संक्रमित भेटिएपछि विराटनगर ल्याइएका अन्य ७ जनाको भने उपचार भइरहेको छ।

कोरोना मुक्त भएका ६ जनालाई आज विहान अस्पतालले डिस्चार्ज गरेको हो। सबै ६ जना भारतको दिल्लीका नागरिक हुन्। डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन् । यस अघि उनीहरु उदयपुरको एक मस्जिदमा बस्दै आएका थिए। डिस्चार्ज भएका उनीहरुलाई विराटनगरकै एक मस्जिदमा राख्ने तयारी गरिएको छ।

एकै समय कोरोना संक्रमण भएकामध्ये उनीहरुको तीन पटकसम्मको परीक्षणमा कोरोना नेगेटिभ देखिएको कोरोना विशेष अस्पतालका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए। अस्पतालमा उपचार गराइरहेका ३१ जनामध्ये डिस्चार्ज भएका बाहेकको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ।

डिस्चार्जपछि उनीहरुलाई एम्बुलेन्समा राखेर विराटनगर–१६ रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा लगिएको छ। हाल नेपाल–भारत दुवैतर्फ लकडाउन भएकाले उनीहरुलाई तत्काल त्यहिँ राखिने बताइएको छ। मस्जिदमा १० वटा बेडरुम र अलग्गै १० वटा शौचालयको व्यवस्था गरिएको छ।

नेपालमा अहिलेसम्म जम्मा ८२ जनामा कोरोना संक्रमण देखिएको छ भने आज डिस्चार्ज भएका सहित जम्मा २२ जना निको भएर फर्केका छन् ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...