Sunday 26th May 2024

भारतले विदेशमा फसेका आफ्ना नागरिकहरुको उद्दार गर्ने


तितोपाटी – भारतले विदेशमा फसेका आफ्ना नागरिकहरुको उद्दार गर्ने भएको छ । भारतले कोरोना भाइरस फैलिन नदिन लकडाउन गरिएका कारण विदेशमा अलपत्र परेकाहरुलाई हवाई जहाज र जल सेनाको पानी जहाजमार्फत स्वदेश फर्काउन लागेको हो ।

भारतीय गृह मन्त्रालयका अनुसार उद्धारको प्रक्रिया मे महिनाको ७ तारिखदेखि सुरु हुने छ । विदेश मन्त्रालय र उच्चायोगले विदेशबाट उद्धार गर्ने भारतीय नागरिकहरुको सूची तयार गरिरहेका छन् ।

उडान भर्नुअघि यात्रुहरुको स्वास्थ्य जाँच गरिने छ । कोरोना भाइरस संक्रमणको लक्षण नभएकाहरु मात्रै स्वदेश आउन पाउने छन् । भारत आइसकेपछि उनीहरुलाई पुनः स्वास्थ्य जाँच गर्ने र अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने छ । १४ दिन क्वारेन्टाइनमा बसेपछि फेरि कोरोना परीक्षण गर्ने र त्यसपछि पनि संक्रमण नदेखिएकाहरुलाई उनीहरुको घर जान दिइने छ ।

कोराना भाइरसको संक्रमण रोक्ने उद्देश्यले भारतले २३ मार्चदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । २४ मार्चदेखि सुरु भएको लकडाउन १७ मेसम्म कायम छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न धेरै देशहरुले लकडाउन गरेकाले रोजगारी गुमाउनेहरूको संख्या बढीरहेको छ । कतिपय भिसा अवधि सकिएर अलपत्र परेका छन् ।

 


सम्बन्धित शीर्षकहरु

कुबेत “भाषा अनि संस्कृतिमा बिभिधता विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था खोटाङ-कुवेत सम्पर्क मञ्चको आफनो…

भनौँ मैले के भनूँ कसरी भनूँ यो समयको कुरा दैवले हो जान्नु किन गर्छौ अरूको कुरा मात्र के सिक्यौ तिमीले…

संगीत हुन्थ्यो त गीत हुन्थ्यो तिम्रो चोखो प्रित हुन्थ्यो । अाँखाबाट झरेको अाँसु फुलको चोखो शीत हुन्थ्यो । हारीरहेको जिन्दगीको…

प्रतिकृयाहरू
...