Sunday 21st December 2025

कुवेतमा आज पनि ११ नेपाली सहित ३५३ जना कोरोना संक्रमित, ४ जनाको मृत्युु


तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा ११ नेपाली सहित ३५३ जना संक्रमित भएका छन, भने ४ जनाको मृत्युु भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्मकै सबभन्दा बढी आज पुष्टि भएको छ ।

कुवेतमा कोरोना भाइरस दिनहुँ बढ्दो क्रममा छ । जसमा आप्रवासी कामदारमा बढी कोरोना भाइसको संक्रमण फैलिएको छ । कुवेतमा पछिल्लो २४ घन्टामा ३५३ जना सहित अहिलेसम्ममा जम्मा ४,३७७ जनामा कोरोना संक्रमण भएको छ । अहिलेसम्ममा कोरोना भाइसबाट ७५ जना नेपाली संक्रममित भएका छन । कोरोना भाइरसबाट मृत्युु हुनेको संख्या थप ४ जना सहित ३० पुगेको छ ।

पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार सबै भन्दा बढी १०३ जना भारतीय नागरिक रहेका छन । कुवेतको स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा ७२ वर्षिय कुवेती नागरिक, ५० वर्षीय बङ्गाली नागरिक, ४५ वर्षिय इन्डियन नागरिक र ६१ वर्षिय इजिप्टसियन नागरिक रेहेको अरब टाइम्स अनलाइनमा जनाइएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले दिइएको जानकारी अनुसार जम्मा ४,३७७ जना कोरोना संक्रमित मध्ये अहिलेसम्म १,६०२ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । कोरोना भाइरस संक्रमित २,७४५ जना विभिन्न अस्पतालमा उपचाररत छन, भने ७० जनाको स्वास्थ्य निकै गम्भीर रहेको छ ।

तस्बिर -Arabs times kuwait


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...