Wednesday 1st April 2026

कोभिड १९ ले ६ लाख नेपालीको नोकरी जादैछ


तोयानाथ उपेक्षित, अहिले सम्म विश्वका २४ देशमा करिब १,९८३ जना नेपाली कोभिड १९ को संक्रमणमा परेका छन । जस मध्ये ५० जनाले ज्यान गुमाईसकेका छन । सवै भन्दा धेरै ज्यान गुमाउने वेलायतमा छन, भने त्यसपछि अमेरिकामा छन । बेलायतमा ३० जना र अमेरिकामा १० जनाले ज्यान गुमाएको एनआरएनले जनाएको छ । अन्य १० जना बाकी विभिन्न देशका छन ।

यति हुँदा हुँदै पनि विदेशमा रहेका नेपालीहरु त्यसमा पनि एनआरएनको मुख्य पहल कदमीमा २ करोड भन्दा धेरैको स्वास्थ्य सामाग्रि नेपाल पठाएका छन । विदेशमा कार्यरत करिब ७० जना डाक्टरहरु कोभिडसँग विश्वका विभिन्न देशमा लडिरहेका छन । स्वास्थ्य सहयोगी र नर्सहरुको संख्या १२ सयको हाराहारीमा रहेको बताईन्छ । एनआरएनले कोभिडबाट बचाउन सक्दो प्रयास स्वरुप ४ करोडको फण्ड तयार गरेर खर्च गरिरहेको छ । यसरी नै गैर आवासिय सँघले तीन तहको संयन्त्र बनाएर कोभिड विरुद्ध आफूलाई खडा गरेको छ । अध्यक्षको नेतृत्वमा एउटा समिती छ, भने उपाध्यक्षको नेतृत्वमा लोजेष्टिक तथा स्वास्थ्य सामाग्रि खरिद लगायतको व्यवस्थापन गर्न समिती बनाएको छ । नेपाल सरकारसँग समन्वय गर्ने अर्को संयन्त्र छदैछ । एनआरएनले विश्वका विभिन्न देशमा रहेका नेपाली नियोगहरुसँग मिलेर काम गर्न त्यहाँका राजदुतको नेतृत्वमा हरेक देशमा संयन्त्र बनोस भन्ने आवाज पनि उठाईरहेको छ।

विश्वव्यापी सर्वेक्षणको एक तथ्यांक अनुसार कोभिड १९ का कारण ३० प्रतिशत मानिसले रोजगारी गुमाउन सक्ने छन। यदि यसो हो भने नेपाली श्रमिकहरुको संख्या सरकारी तथ्यांक अनुसार २२ लाख रहेको हुदा करिब ६ लाख नेपाली श्रमिकहरुले रोजगारीबाट हात धुन पर्ने आँकडा सामन्ने छ । जसलाई तुरुन्तै स्वदेश फर्काउन नेपाल सरकारले सक्दैन र तीनको व्यवस्थापन एक्कै पटक हुन सक्दैन । यस्तो अवस्थामा ती मानिसहरुलाई विदेशमा नै कसरी व्यवस्थापन गर्दै गर्ने भनेर सवै देशका नियोग र एनआरएनले योजना बनाउन पर्ने हुन्छ । यो नियोग माथिको अतिरिक्त बोध कम गर्न गैर आवासिय नेपालीहरुको सहयोग अनिवार्य चाहिन्छ ।

विश्वका विभिन्न देशमा रहेका तत्काल उद्धार गर्न पर्ने मानिस पनि तीन प्रकारका छन ।
१ ईलिगल रुपमा काम गरिरहेकाहरु
२ विद्यार्थीहरु
३ भिजिटरका रुपमा बाहिर जानेहरु
रोजगारी गुमाउन पुगेका करिब ६ लाख मजदुरहरुलाई व्यवस्थापन गर्न पहिले उद्धार गर्न पर्ने हुन्छ । उनीहरुलाई त्यसपछि स्वास्थ्य चेक जाँच र क्वारेन्टाईन गर्न पर्दछ । अनि उनीहरुको आर्थिक पाटोलाई कसरी सम्बोधन गर्न पर्ने हुन्छ । यी चुनौतीहरुको सामना गर्न सरकारले परम्परागत शासन विधीबाट सम्भव देखिदैन । विलकुलै नयाँ योजनाका साथ प्रस्तुत हुन पर्ने हुँदा यो निकै चुनौतिपूर्ण छ । यदि यसो हुन सकेन भने त्यो जनशक्ति विद्रोहको विउ बन्ने सक्ने खतरा पनि रहन्छ ।

श्रमिकहर धेरै रहेका देशमा मात्र नभएर थोरै रहेका देशमा पनि धेरै समस्याहरु देखिएका छन । खाडीमा ईलिगल हरुको संख्या काफी छ। त्यसमध्ये कुवेतले ईलिगल खोलिदिएको छ, तर ६ हजार श्रमिक रहेको टर्कीमा ४ हजार त ईलिगल नै छन ।

कोभिडको महामारिका विच पनि हंगकंग, दक्षिण कोरिया र अष्ट्रियाको अवस्था नराम्रो छैन । रसिया, मलेशियामा नेपालीहरु खासै संक्रमणमा परेका छैनन । कतारमा ७ सय नेपाली संक्रमित छन भने कुवेतमा ४५ जना छन खाडीका सवै देशमा नेपालीहरु उच्च जोखिममा छन केन्यामा कुनै लकडाउन छैन । बेल्जियमा ६ जना नेपाली संक्रमित भएकोमा सवै निको भईसकेका छन । युरोप पछि खाडीमा रहने नेपालीहरु कोभिडको बढि छन ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...