Friday 18th July 2025

क्वारेन्टाईन भित्रको दिन चर्या


तोयानाथ उपेक्षित, आज क्वारेन्टाईनको बाह्र दिन विताईरहदा केही लेख्न मन लाग्यो । कोरोनाको कहर बढेसँगै म रहेको ईलाका सात अप्रिलबाट लक डाउनमा पर्यो । त्यसअघि सम्म मेरो मनले पूर्णकालिन कर्फ्युको माग गरिरहेको थियो । जब सम्म पूर्ण रुपमा कर्फ्यु घोषणा हुदैन तबसम्म मिड म्यानेजमेन्टमा रहेका हामी जस्ताले कुवेतभर नदौडिएर सुखै थिएन । जोखिमपूर्ण भगाईले काम गर्ने जागर हटिसकेको थियो ।

सधै फिल्डमा घुमिरहने मान्छे । कम्पनीको गाडि सर्टेज भयो की अधिक यात्रा बसबाट अनि थोरै यात्रा ट्याक्सीबाट हुने गर्दथ्यो । केही साता अघि बस बन्द हुदा निक्कै सन्तोषको सास फेरियो । त्यसपछि ट्याक्सीको कुदाई चलिरहेको थियो । त्यसरी ट्याक्सीमा बस्दा ड्राईभरको नजिकको सिट बहिस्कार गर्नु परेको थियो । मनमा हरेक मानिसदेखि शंका लाग्न थालेको अवस्था थियो । हातमा डिस्पोजल ग्लोभस, मुखमा माक्स र झोलामा सेनिटाइजरको बोतल लिएर हिडे पनि मनको भय उतिकै थियो । काम नगरे कम्पनी नमान्ने, गरौ एकै दिनमा कुवेतका विभिन्न ठाउँमा पुग्ने र विभिन्न थरीका मानिस भेटेर आउनु पर्ने भएकाले कहिले कुवेत सरकारले कर्फ्यु लगाउछ भनेर मनमनै प्राथाना नै गरिरहेको हुन्थे ।

बल्लतल्ल माहाबुल्ला एरिया ७ अप्रिलबाट लक डाउनमा पर्यो तब मैले पनि कतै भाग्न परेन । ठुलो शान्तिको सास फेरे । त्यसपछि आफ्नै विल्डिंग भित्र स्वेछिक क्वारेन्टाईन शुरु गरे । दिनमा मुश्किलले दुई पटक दोकानमा किनमेल र चिया पिउन ओर्लन बाहेक कोठामा नै समय विताउन थालियो । तर १३ तारिकका दिन एउटा अप्रिय खबर आयो । म बसेको भवनको तेश्रो तलमा एक जना र चौथोमा अर्को एक जनालाई एम्बुलेन्स आएर लिएर गयो । उनीहरुमा कोरोनाको आशंका थियो । त्यसै दिनबाट पुरै भवनका मानिसहरु गुप्तबास बस्न थालेका थिए । एकाध मानिस मात्र बेलामौका तल ओर्लने गर्दथे । हामीले भने ओर्लन बन्दै गर्यौ । रिर्पोट आउन ढिलो भयो १४ तारिकमा केही खबर आएन तर अप्रिल १५ मा हामी बसेको भवन लाई प्रहरीले घेरा हाल्यो । अप्रिल १६ बाट भवनमा भएका सवैका लागि कम्पनीले खाना डेलिभरी गर्न थाल्यो । लगिएका मानिसमा कोरोना रहेको पुष्टि भए पछि हामी माबुल्लाको लकडाउन भित्रको अर्को लकडाउनमा पर्यौ । जहाँ प्रहरीको पहरा २४ औ घण्टा कायम छ ।

अब भने सुरक्षित भएको महसुस भएको छ । कमसेकम कोरोना लिन बाहिर जान परेन । त्यसले पक्कै हामीलाई खोज्दै रुम सम्म नआउला भन्ने मान्यता र विश्वासले केही आशा पलाएको छ ।

तर मोवाईलको आलारामसँग गासिएको दैनिकी भताभुङ्ग भएको छ । बेलुका कतिबेला सुत्ने कुनै समय छैन । विहान उठ्ने कुनै हतारो छैन । विगतमा एक दिनको छुट्टी कति प्रिय हुन्थ्यो तर अहिलेको क्वारेन्टाईन अति नै असहज हुदै गईरहेको छ । कोठा भित्र कसरत गरेर जिउ दुःखाई घटाउन परेको छ । योगा र ध्यान गरेर समय निकाल्न कोशिस भईरहेको छ । मोवाईल हेर्दा हेर्दा आँखाका दाना निस्केला जस्तो हुन थालेको छ ।

हरेक कुराको लिमिटेसन हुन्छ । अनलिमिट आराम हराम हुने रहेछ । तर अहिले चाहेर पनि केही गर्न सकिदैन । सोच्दा सोच्दा सोच्नै नसक्ने कल्पना बन्द कोठामा कैद भएका छन । सुत्दा सुत्दा ओछ्यानमा खाल्टो परिसकेको छ । यस्तो अचम्म भईसकेको छ की अब रातमा पनि निन्द्रा लाग्न छाडेको छ । दिनमा पनि निद आउदैन । कतै डिप्रेसनको संकेत त होईन कहिले कसो आफैलाई प्रश्न गर्ने अवस्था भएको छ । रात कुन, दिन कुन, बार, तिथीमिती र समयको पनि हेक्का हुन छाडिसकेको छ । दाह्री जुँगा किन काट्ने रेजर छुन छाडिएको छ । एउटा फ्लाट भित्र कैद भएको जीवनलाई बाहिरको संसार हेर्न झ्यालको सहार लिन परेको छ ।

अप्रिल १४ बाट दुई साताको हिसाब गर्ने हो भने अप्रिल २८ मा पुरा होला यो क्वारेन्टाईन । सरकारले दुईसाता भनिएको लक डाउन माबुल्लामा २१ तारिक खुलेछ तर हाम्रो क्वारेन्टाईन एक साता पछि सकिन्छ । यदि २१ दिन पुरा गर्न पर्ने भयो भने मई महिनाको पहिलो साता सम्म कैदी बनिरहनुको विकल्प छैन । तर जे होस “मर्नु भन्दा बौलाउन नै निको” भने झै यसलाई सहर्ष स्वीकार गर्नुको अर्को बाटो छैन जतिसुकै असहज भए पनि यसैमा रमाउनु जीवनका लागि अनिवार्य शर्त झै भईदिएको छ ।

कुवेतमा कोरोनाको संक्रमण २ हजारको आसपास पुगिसकेको छ । यसको कहर घट्ने क्रममा छैन । हाम्रा २१ जना नेपालीहरुलाई यसले समातेको अवस्था छ । लक डाउन नभएका क्षेत्रका साथीहरुसँग कुरा गर्दा उहाँहरु माहाबुल्ला र जीलीपमा बस्नेहरुलाई भाग्यमानी भन्न थाल्नु भएको छ । अरु क्षेत्रमा केही बढी नै चहल पहल भईरहेको र कतिपयले नोकरी गर्न परिरहदा उहाँहरुको आतेस बढ्नु स्वभाविक हो । कोरोना आएको कसैले देख्दैन । दुरी मेन्टन गर्दा गर्दै र सावधानि अपनाउदा अपनाउदै पनि यसको शिकार हुनेहरुले पत्तै पाईरहेका हुन्नन कोरोना कसरी आयो ?


सम्बन्धित शीर्षकहरु

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार (जुलाई १६) आफ्नो पार्टीका सदस्यहरूलाई पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई जेलमा केही भएमा जवाफदेही…

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाको राजधानी दमास्कसमा इजरायलले हालै गरेको आक्रमणको बारेमा वासिङ्टन "धेरै चिन्तित" रहेको बताएका छन्, किनकि युद्धविराम…

सुशिल बस्याल "राष्ट्रप्रेमी" -साउने सङ्क्रान्तिको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। साउने सङ्क्रान्ति पर्व प्रायः सबै नेपालीका लागि विशेष महत्त्वको चाड हो।…

प्रतिकृयाहरू
...