Thursday 12th March 2026

कुवेतमा १९ नेपाली सहित १६५८ जना कोरोना संक्रमित, ५ जनाको मृत्युु


तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) १९ नेपाली सहित १६५८ जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना भाइरस दिनहुँ बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा ४ नेपाली सहित १३४ जनामा कोरोना संक्रमण देखिएको छ भने मृत्युु हुनेको संख्या थप २ जना सहित ५ पुगेको छ । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार सबै भन्दा बढी ६४ जना भारतीय नागरिक कोरोना संक्रमित भएका छन ।

कुवेतमा पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार कोरोना संक्रमित मध्य १० जना कुवेती नागरिक, २० जना इजिप्सियन नागरिक, १५ बङ्गाली नागरिक, ४ पाकिस्तानी नागरिक, ३ फिलिपिनी नागरिक, ३ श्रीलंकाको नागरिक, बेदुन २ जना सहित अन्य देशको ९ नागरिक रहेका छन ।

कुवेतको स्वास्थ्य मन्त्रालयले दिइएको जानकारी अनुसार जम्मा १६५८ जना संक्रमित मध्ये अहिले सम्म २५८ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । त्यसैगरी कोरोना भाइरस संक्रमित १३९५ जना उपचाररत छन भने ३२ जनाको स्वास्थ्य निकै गम्भीर रहेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा ३ जना कुवेती नागरिक, एक जना इरानी नागरिक  छन भने एक जना भारतीय नागरिक रहेका छन ।

कुवेत सरकारले अहिले माबुल्ला, जलिब लगायतका ठाउमा २४ सै घण्टा कर्फ्यु लगाएको छ भने अन्य ठाउमा बेलुका ५ बजे देखि बिहानको ६ बजे सम्म कर्फ्यु लगाएको छ । सार्वजनिक बस, ट्याक्सी समेत बन्द रहेको छ । केही प्राइभेट कम्पनीमा काम बन्द छ भने केही कम्पनीमा काम चलिरहेको छ ।

कुवेतमा कोरोना भाइरसबाट आप्रवासीहरु बढी संक्रमित भएको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको सरकारी डाटामा उल्लेख छ । सरकारी डाटामा सबै भन्दा बढी भारतीय नागरिक रहेका छन । त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...