Thursday 2nd April 2026

कुवेतमा एक नेपालीको मृत्यु


हरि कृष्ण न्यौपाने- कुवेतमा रोजगारिका लागि आएका लमजुङका ४१ वर्षिय आइत बहादुर गुरुङको मृत्यु भएको छ। उनको अप्रिल ८ तारिक बुधबार २०२० का दिन बेलुकी करिब ५ बजे मृत्यु भएको हो।

नेपाली राजदूताबास कुवेतका द्वितीय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डट कम संग भने “मेश अल्गानियम कम्पनीको किचनमा कार्यरत राहदानी नं-०७२२४७२४ का आइत बहादुर गुरुङको आत्म हत्याबाट मृत्यु भएको प्रारम्भिक जानकारी दूताबासमा आए पनि पूर्ण जानकारी आएको छैन । मृतको शवलाई कानुनी प्रकृया र जाँचबुझका लागि सम्बन्धित निकायले नियन्त्रणमा लिएको छ।”

एकै कम्पनीमा काम गर्ने मृतका साथिले तितोपाटी डट कम संग भने “करिब ५ बर्ष देखि कुवेतमा काम गरिरहेका आइत बहादुर घर छुट्टि जान हिसाब किताब लिएर तयारीमा थिए । कोरोना संक्रमणका कारण उडान बन्द भए संगै घर जान नपाएका गुरुङ सबै साथिहरु जस्तै कम्पनि कै आवासमा बस्ने गर्दथे । हिजो एक्कासी कम्पनि कै बिल्डिङ्गमा करिब बेलुकिको ५ बजे झुन्डिएर आत्म हत्या गरेको खबरले हामिहरु दुखी छौं।” मृतकको घरमा श्रीमति र २ बच्चाहरु  रहेका छन ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...