Saturday 14th February 2026

खाडीमा कोरोना अपडेट : सबै भन्दा बढी साउदीमा संक्रमित


चन्द्र गोतामे – चीनको वुहानबाट शुरु भएको कोभिड -१९ कोरोना भाइरस खाडी मुलुकमा समेत संक्रमण हुनेको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । कोरोना भाइरसबाट सबै भन्दा बढी साउदी अरेबियामा संक्रमण देखिएको छ । साउदीमा हालसम्ममा कोरोना भाइरसबाट ३१२२ जना संक्रमित भएका छन । साउदीमा कोरोना भाइरसबाट ४१ जनाले ज्यान गुमाएका छन ।

युएईमा कोरोना भाइरसबाट २६५९ जना संक्रमित भएका छन । युएईमा कोरोना भाइरसबाट १२ जनाले ज्यान गुमाएका छन । कतारमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २२१० जना रहेको छ । कतारमा हालसम्ममा ६ जनाले ज्यान गुमाएका छन । कुवेतमा कोरोना भाइरसबाट हालसम्ममा ८५५ जना संक्रमित भएका छन । कोरोना भाइरसबाट खाडी मुलुकमा सबै भन्दा कम संख्या १ जनाले मात्र कुवेतमा ज्यान गुमाएका छन ।

बहराइनमा कोरोना भाइरस संक्रमणको संख्या ८२१ जना रहेको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ जना पुगेको छ । त्यसैगरी खाडी मुलुकमा सबै भन्दा कम कोरोना भाइरसको संक्रमण ओमान देखिएको छ । अहिले सम्ममा ४१९ जना संक्रमित भएका छन भने २ जनाले ज्यान गुमाएका छन ।

खाडी राष्ट्रमा कोरोना भाइरसबाट संक्रमित नेपालीहरुको संख्या यस प्रकार रहेको छ । 

बहराइन – २२ जना, संयुक्त अरब इमिरेट्स (युएई) – ११ जना, साउदी – ४ जना, कुवेत – ३ जना , कतार – ०, ओमान – ०

खाडी राष्ट्रमा कोरोना भाइरसबाट मृत्यु हुने नेपालीहरुको संख्या यस प्रकार रहेको छ ।

बहराइन – ०,  संयुक्त अरब इमिरेट्स (युएई) – १ जना ,  साउदी – ०, कुवेत – ० ,कतार – ०,  ओमान – ०


सम्बन्धित शीर्षकहरु

क्यान्सर रोगबाट पीडित हल्दिबारी गाउँपालिका वडा नं. ४ निवासी प्रेम कुमारी लिम्बुको उपचार सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाको पहलमा आर्थिक…

निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेपछि कुनै पनि राजनीतिक दलले “मतदाता प्रभावित पार्ने भड्किलो प्रचार वा शक्ति प्रदर्शन” गर्न नपाउने जनाएको…

-नारायण कोइराला मन्दिर भित्र पस्दैथिएँ।एक्कासी मन्दिरको पर्खाल भत्कियो। मन्दिरभित्रका देउतामा डर,त्रास केही देखिनँ। पर्खालका ढुंगा आपसमा ठोकिएर फुटे। जताततै छितारिए।…

प्रतिकृयाहरू
...