तोयानाथ उपेक्षित, कोभिड १९ को महामारी चलेको छ । यो सँग कसले लड्ने ? नागरिकको सुरक्षा गर्ने सरकारसँग अस्पताल कहाँ छन ? एउटा प्रदेशको एउटा ल्याबले कसकसको स्वाब ट्स्ट गरोस । कुन डाक्टर वा प्राविधिक विरामीको स्वाब लिन तयार छ ? कुन डाक्टर कोरोना पिडितलाई छुन तयार छ ? कुन एम्बुलेन्स त्यस्ता शंकास्पद व्याक्ति बोक्न तयार छ ? कुन आफन्त र मलामी त्यसको लास लिएर घाट सम्म जान तयार छ ? यस्तो भयावह रोगसँग लड्न नेपाल सक्षम छ ? नेपाल सरकार यसका लागि मानशिक रुपमा तयार छ त ?
यतिबेला छर्लङ्ग भएको कुरा के हो भने कोहि कसैको लागि केही गर्न तयार छैन । आफ्नो ज्यान भन्दा प्यारो अरु कसैको ज्यान हुदैन । आफु बाँच्न पाए भयो । अर्कालाई बचाउन खोज्दा आफै मरिन्छ भने किन उसँग सति जाने ? अहिले को मानशिकता सवैको यहि हो । यहि मानशिकताले अन्तत मानविय क्षति बढाउछ र भयावह अवस्था ल्याउछ । यति बुझ्े पछि हामीले अनिकालमा बीउ र हुलमुलमा जीउ जोगाउन डब्लुएचओ को गाईड लाईन मानौ र सुरक्षित बन्ने कोशिष गरौं ।
देश देशको कुरा गर्ने हो भने पनि अन्तत यहि कुरा लागु हुन्छ । कुनै पनि देशको साधनश्रोत र शक्तिले सम्भव भए सम्म र परिस्थिती आफ्नो अन्डर कन्ट्रोलमा रहेसम्म उसले देशी विदेशी भन्दैन सवैको उपचारमा सहयोग गर्दछ जब यो अवस्था प्रतिकुल हुदै जान्छ त्यसपछि प्राथामिकताको दायरा साँगुरिन थाल्दछन । पहिले आफ्ना नागरिक त्यसमा पनि सत्ताको नजिकका मानिस पहिला, धनी दोश्रो र बाकी तेश्रो श्रेणीमा सेवा, सुविधा र स्वास्थ्य उपचार पाउनेमा पर्दछन । कुनै पनि देश जतिवेला यस्तो हालतमा पुग्दछ तब विदेशीको अवस्था के हुन्छ ? अहिले कल्पना पनि नगरौ ।
संसारभर कोभिड १९ ले उत्पात मच्याउदै गर्दा के के भईरहेको छ हेरौ । चीनको उहानमा फसेका प्राय सवै देशले आफ्ना नागरिकलाई विमान चार्टर गरेर लगे । किनकी यसमा देशको सरकार जनताप्रति कति उत्तरदायी छ भन्ने देखाउन होड र एउटा भावनात्मक संदेश दिन थियो । नेपाल ले पनि ल्यायो आफ्ना मान्छे । त्यहि नेपाल अहिले खोला पारीबाट घर जान दे भनेर चिच्याईरहेका मानिसलाई देश भित्र छिर्न दिन तयार छैन । भारतले सदासयता देखाए झै गरेर खान र बस्न दिदैछ यो उसको देखाउने दाँत हो । जब उसको देशमा महामारी बढ्ने छ तब तिनलाई उसैले नेपाल छिराउन अघि सर्छ । भुटानका नेपाली मुलका मानिसलाई समेत नेपालको पूर्वी सीमा काकडभिट्टा नाकाको मेची पुलमा फालेको धेरै बर्ष भईसकेको छैन । नत्र १४ सय किलोमिटर को खुल्ला बोर्डर पार गर्न बाट रोक्न कसैले सक्दैन । तिनीहरु झन लुकेर आउछन त्यसले झनै भयाबह परिणाम ल्याउनेछ ।
ईरानमा कोभिड १९ को आगो बलिरहदा तेहरान शहरबाट १७७ भारतिय नागरिकलाई उसले आफ्नो देश लग्यो । कुवेतबाट सयौ ईजिप्सियन आफ्नो देश गए । तुर्कीले आफ्ना नागरिक लादैछ र फिलिपिन्सले यसबीच १२ सय गैह कानूनी रुपमा कुवेत बसेका आफ्ना नागरिक लादैछ । कुवेतले त विश्वभरी रहेका आफ्ना नागरिक जो देश फर्कन चाहान्छन प्राय सवैलाई ल्याईसकेको अवस्था छ । यतिबेला टर्कीमा १८ हजार धेरै संक्रमित छन, फिलिपिन्समा ४ हजारको हाराहारीमा संक्रमित छन । ईजिप्टमा पनि एक हजारको आसपास पुगिसकेको छ तर तिनले खबरदार आउन पाउदैनौ भनेको छैन । ईजिप्ट, फिलिपिन्स पनि रेमिट्यान्समा बाँचेका देश हुन । धनी देशका कुरा छाडौं । यहाँ ४० लाख नेपाली स्वदेश फर्के भने कहाँ बस्दछन के खान्छन भन्ने कुरा नगरौ ? जनता पाखुरीले हिजो पनि बाचेको थिए । अहिले २० बर्ष यताको बैदेशिक रोजगारी रेमिट्यान्स ले जनताको जीवनस्तरमा खासै केही फरक पारेको छैन । शिक्षा र स्वास्थ्यमा गरिएको निजीकरण र व्यापारिकरणले सवै अरबेका पैसा माफियाहरुले लुटेक छन । कसैको जीवन निर्वाह गर्ने आधार बैदेशिक रोजगारीबाट बनेको छैन । बरु यसबाट शासन सत्ता चलाउनेहरुले ब्रह्मलुट गर्न पाएका छन । सवै नेपाली स्वदेश फिर्ने हो भने देश बन्छ विग्रदैन । हामीलाई भ्रष्टचारीको चिन्ता हो की आफ्नो परिवारको यो दुविधाको विषय बनेको देखिन्छ ।
नेपाल भन्दा सानो देश उत्तर कोरिया अमेरिकालाई थर्काएर बसेको छ । त्यो देशको आर्थिक श्रोत रेमिट्यान्स होईन, क्युवा अमेरिकाको सयौ आक्रमण निस्तेज पारेर बाँचेको छ त्यो देशको आर्थिक श्रोत पनि रेमिट्यान्स होईन । बंगला देश हाम्रो जत्रो क्षेत्रफलमा हामी भन्दा ६ गुण बढि जनसंख्या पालेर हाम्रो भन्दा राम्रो अर्थतन्त्रमा बाचेको छ । यसर्थ यत्रा नेपाली नेपाल फर्कने हो भने के होला भनेर चिन्ता गर्न पर्दैन । हामी मासिक सेलरी थामेर त्यसैको बजेट मा परिवार चलाउन आदत परर्यौ यसर्थ हामीले नेपालमा अन्धकार देख्ने भयौ तर नेपालमा गरिखान सकिन्छ । मात्र यति हो देश चलाउनेहरु गतिला भएनन । तीनको पहिचान गर्नु पर्दछ र त्यस्ता मानिसहरुलाई जनताले कदापी माफी गर्नु हुदैन । फर्क अभियानमा लागौ कोरोनाले दिएको यो गतिलो सन्देशलाई मनन गरौं ।