Friday 3rd April 2026

कुवेतमा झापाका जिवन पाठकको मृत्यु


हरि कृष्ण न्यौपाने- झापा डाँगिबारी घर भई लामो समय देखि कुवेतमा काम गर्दै आएका जीवन पाठकको हिजो मार्च-२८ तारिक, शनिबार,२०२०का दिन मृत्यु भएको छ।करिब ३ बर्ष देखि अबैधानिक रुपमा लुकि-छिपी काम गर्दै आएका पाठकको मृत्युको पूर्ण विवरण भने आइ सकेको छैन।
नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटि डटकम संग भने” राहदानी नं-०५४६३७१३ का पाठक सन २०१७ देखीनै अबैधानिक रुपमा काम गर्दै आएको पाइएको छ।उनी त्यस अघि सुर अल कुवेत कम्पनीमा काम गर्दै आएका थिए भने हाल कम्पनिले मृतकलाई रनवे ( कम्पनीबाट भागेको)मुद्दा दर्ता गरिएको पाइएको छ।”
दितिय सचिवका अनुसार मृतकको परिवार र कुवेतको संबन्धित निकाय संग समन्वय गरेर कानुनी प्रक्रिया पूरा गर्न राजदूताबासले काम शुरु गरिसकेको छ।उनको शबलाइ कुवेतको फर्वानिया अस्पतालमा राखिएको छ भने मृत्युको पूर्ण बिबरण पनि आउन बाकी छ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...