तोयानाथ उपेक्षित, शायदै कोरोनाको माहामारी हुने थिएन भने हामीले भुल्दै गएको देश र धर्म सँस्कृतिको महत्व थाहा पाउन अझै कयौ बर्ष लाग्ने थियो होला । त्यतिवेला हामीले प्रयत्न गरेर पनि देश पाउन र पहिचान अगाल्न ढिलो भईसकेको हुन सक्थ्यो होला तर अहिले कोराना ले सवैको मथिङ्गल मा नयाँ चिन्तन पैदा गरिदिएको छ ।
मानव नै विनाशको चरणमा पुगिसकेको हो भने हामी ले आफूलाई बचाउन ढिला गरिसकेछौ भनेर प्रकृतिले दिएको सजाय स्वीकार गर्न पर्दछ यदि त्यसो हैन र अझै पनि मानिसहरुले यो महामारीबाट पार पाउने संभावना जीवीत छ भने यसपटको यो भयावह अवस्थालाई दैविक भन्नुस या प्राकृतिक जस्तो रुपमा बुझे पनि यो चेतावनी हो अव सवैको चेत खुल्न जरुरी समय हो भनेर चिन्तन गर्न पर्दछ ।
यो लेखको आशय यति नै हो म जस्तो अपुंगो लाई पनि हिन्दु धर्मको बैज्ञानिकताको बोध अहिले कोरोनाले गराउदैछ । हिन्दु भएर हिन्दु धर्मका मुल्य मान्यताको नै उपहास गर्नमा हामी निक्कै सभ्य सम्झन्थ्यौ । विहानै बाहुन ले शंख फुकेको कुरामा समेत आपति गर्ने संख्या को कमि थिएन । खाना खान भन्दा पहिले अपसानी हाल्ने, चुलो चौका गोवरले लोटाउने र पोत्ने कुरा त ह्ेयभावको दृष्टिले हेर्ने को कमी छैन र गरिब परिवारको झुपडी र माटाका भान्साघरको बाध्यता हो भन्नेमा हाम्रो तर्क हुन्थ्यो होला तर यी सवै तर्कलाई कोरोना ले खारेज गरिदिएको छ । ती सवै बैज्ञानिक थिए र छन ।
अहिले कोरोनाको संक्रमितको संसर्गमा आएकालाई २ साता आईसोलेसन मा बस्न भनिएको छ । त्यो त हाम्रो धर्म सस्कारले हजारौ बर्ष पहिले नै सिकाएको रहेछ । क्रियापुत्रीले २ साता आईसोलेसनमा बस्न पर्दछ अर्थात १३ दिन कोरा बारेर बस्न पर्दछ । दिनहुँ नहाउनु पर्दछ । तोकिएको बस्त्र र बेड मात्र प्रयोग गर्न पर्ने हुन्छ । नुन लगायतका कतिपय खाद्य कुरा बारिन्छ । कसैलाई छुन हुदैन । यस्ता नियम यसै बनाईएका होईन रहेछन । त्यतिबेला नै मृतृकको स्याहार चाकर गर्नेहरु, उनीहरुको नियमित संसर्गमा रहेका एका घर परिवारका सदस्यहरु कुनै पनि घातक रोगको संक्रमणबाट संक्रमित भएका हुन पनि सक्छन र उनीहरुलाई क्रियाका नाममा आईसोलेसनको विधिबाट समाज बाट अलग गरिएको कुरा कति सटिक र बैज्ञानिक छ आफै मनन गरौ ।
भाईरस हुन्छ भन्ने ती हिन्दु बेत्ता तत्वज्ञानीहरुलाई भएर नै यस्ता नियम बनाईएका रहेछन भनेर बुझन अब कोरोनाले झकझकाएको छ दुनियालाई । विहानै फुकिएको शंक को आवज र बाताबरणीय कम्पनले के सम्म गर्दछ अध्यायन गरौ । आपसानी हालेको पानीको रेखा र पातमा मन्छाईएको खानाको अंशको विश्लेषण गरौ । विहान सूर्यतिर फर्केर गरिने प्राथना वा मन्त्रजापको बैज्ञानिकता खोजौ । आँगनमा तुलसाको मठ त घरका लागि आईसीयु नै रहेछन नी । बरपीपलको महत्व को बैज्ञानिकता कति पोख्त छ । हामीले लिने सासका लागि बृक्ष देखि ढुंगा सम्मको अर्थ छन । विधि विधान बैज्ञानिक छन ।
यतिबेला नेपालीहरु संसारको कुना कुनामा पुगेका छन । देशका शासकलाई कठालो समाउन भन्दा आफै आफ्नो र परिवारको सुख खोज्दै संसार पुग्ने क्रममा मौका पाउनेले देशलाई नै लत्याई दिएका छौ । युरोप, अमेरिका र अस्ट्रेलिया जस्ता देशले दिएको पिआर र ग्रिन कार्ड हामीलाई यति प्यारो भईदियो हामीले आमालाई नै विर्सिदियौ । एक थरी देश लुट्ने लुटाहाले ती देशलाई आफ्नो लागि सेफ जोन ठानेर उता सरे । कतिपय कमाउन र पढ्न जानेहरुले आफूलाई मान र शानका लागि उतैको बासिन्दा बनाए । तर माफ गर्नु होला कोरोनाले पक्कै पनि देश सम्झाई दिएको होला निर्णय कस्तो गर्ने तपाईको विचार ।
पैसा जति कमाए पनि कोरोनाले आज आफ्नो देशको महत्व बुझाई दिएको छ । ती देश भन्दा हाम्रो देश नेपाल कुनै अर्थमा गरिब होईन रहेछ । उनीहरुलाई अहिले खाद्यान्न नपाएर भोकभोकै मरिने हो की डर पलाएको स्थिती छ, हामी त राजधानीलाई सजिलो होस भनेर गाउँ जादैछौ । नेपालका गाउँ कुनै विपत्तीले पनि डराउदैनन । उर्वर जमिन छ अनि जागरिला पाखुरी छन । पैसा नकमाए पनि मानिसका ओठमा मुस्कान छन । अतिथी सत्कार खुशी भएर गर्दछन । भोकले कोही अझसम्म गाउँमा मान्छे मरेका छैनन ।
भीडभाड र कोलाहल को व्यस्त जिवन होईन सुन्दर डाडा,पाखा, पखेरो लाई उर्वर, विकशित र सुविधासम्पन्न बनाउन पाए संसारको कुनै देशले हाम्रो माटो र बैभवलाई जित्दैनन । अब त सम्झन परर्यो । सवै एनआरएनए भएर नसोचौ, नेपाली भएर देखाउन लागौ । नेपाल धनी छ, यसलाई सुखी बनाऔ । कोरोनाको कहर ले देशको महत्व र माटोको सुगन्ध लिन आतुर बनौ । बाचिएछ भने अवश्य स्वदेश फिरौ ।