तोयानाथ उपेक्षित, उर्लावारीका मेयर फागो ले लक डाउन को वेवास्ता गर्दै प्रहरीसँग अटेर गरिरहेको देखे पछि त्यो दृष्य हेर्न सकेनन र लाठी मागेर आफै ले केहीको तिग्रा र ढाडमा बजारे ।
उनी जनप्रतिनिधी भएर यसो गर्न सुहाएन भन्नेहरुलाई पनि मिठो जवाफ फर्काए । उनले भने, पछि लास उठाउनु भन्दा अहिले लाठी बर्षाउनु ठिक ठाने । उनको तर्कमा सतप्रतिशत समर्थन छ ।
दोश्रो मानिसको अलिकति कुरा गरौ उनी झापा बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाई हुन । उनलाई एकथरीले राम्रो मानिस भन्छन अर्को थरीले मेडिकल माफिया भनेर गाली गरिरहेका छन तर कसको के पहिचान हो कठिन घडीमा मात्र छुटिन्छ । आज निजी अस्पतालहरुले कोरोनाको कुरै छाडौ ज्वरो र खोकी का बिमारी समेतलाई लिन नमानि रहेको बेला उनले आफ्नो अरबौ लगानीको अस्पताल कोरोना माहामारी नियन्त्रण नभए सम्म का लागि सरकारलाइ जिम्मा दिने घोषणा गरे । उनको घोषणा फगत चर्चाका लागि मात्र हो जस्तो लाग्दैन, आफ्नो अस्पतालको सञ्चालक समिती र डाक्टरहरुसँग छलफल गरेर नै घोषणा गरेका बताउने प्रसाईलाई समग्र देशबासीले धन्यवाद भन्न पर्ने हुन्छ । उनले स्वास्थ्य सेवा सञ्चालन गरेर व्यापार नै गरेका हुन । यो राज्यले दिएको अधिकार उनले प्रयोग गर्दा जे दोष आईलाग्छ त्यो उनले स्वीकार गरेका छन तर बास्तवमा उनको छाती कुखुराको जस्तो नभएर गोरिल्लाको जस्तो रहेछ भन्ने अहिले प्रमाणीत गरेका छन । राज्यलाई आवश्यक पर्दा अरबौको सम्पती सुम्पन्छु भन्ने हिम्मत चानचुने कुरा होईन । देशमा उनको भन्दा कयौ गुणा सम्पती भएकाहरु हजारौ छन तर सवै प्रसाई हुन सक्दैनन ।
उनको अस्पताल पूर्वाञ्चलको क्षेत्रिय अस्पताल धरान भन्दा सुविधा सम्पन्न छ । यतिको संरचना र मेडिकल टिम जुटाउन राज्य आफै लागे पनि एकाध बर्ष काफी हुन्न । जुन अस्पताल राज्यले आपत पर्दा सहजै पाउदैछ । कोरोनाको संक्रमण नेपालमा देखिन थालेको र यसले भविश्यमा नित्याउने विपत्ति नसोचेको हुन सक्ने पूर्व अनुमानका बीच निजी अस्पताल सञ्चालकहरु देश र जनताप्रति जिम्मेवार बन्न पर्दछ भन्ने उनको सन्देश निक्कै सुखद छ । उनलाई गाली गर्नेहरुले अहिले उनलाई सलाम गरेनन भने तिनले कसैलाई मान्दैनन आफैलाई भगवान ठान्नेछन ।
अहिले लाठी सँस्कृती को चर्चा बढिरहेको छ । बातले नमान्ने भुत लातले मान्छ भने जस्तै अवस्था हो । कोभिड १९ को खतरनाक परिदृष्य का समाचार र दृष्य देखि सकेका सुनिसकेका मानिसहरु किन डर मानिरहेका छैनन भने उनीहरुलाई त्यो भाईरस हाती वा गैडाकै स्वरुपमा आउन पर्दछ । मुर्खता र अबुझपनको परकाष्ट ले सीमा नाघेपछि उसलाई बुझाउने शैली लाठी नै हो । एक जनाको हेलचेक्राईको कारणले अर्काको जीवन जाने, देश डुव्ने र समाज बरबाद हुने अवस्थाका लागि चटारिएर बटारिएर बाहिर निस्कने र सडक गल्लीमा भौतारिने छुट कसैलाई हुदैन । मलेशिया अटेर गर्नेहरुलाई ड्रोन बाट ज्ञयासका गोला प्रहार गरिएका छन । भारत, बंगलादेश तथा पाकिस्तानमा लाठि बर्षिएका छन । खाडी राष्ट्रमा अटेर गर्नेहरु जेल र डिर्पोट भएका छन । यस्तो अवस्थामा स्वतन्त्रता र मानवअधिकारको कुरा गर्ने समय होईन । यी सवै कुरा सस्पेन्स हुन्छन भन्ने बुझ्न पर्दछ । जनहितका लागि खोसिएका जनअधिकार सवै न्यायीक कुरा हुन ।
देशमा कोरोना छरिनबाट रोक्न प्रहरी भाईहरु दिनभरी सडक मा विताएको अरुको लागि नभएर त्यही लाठि खानेका लागि हो भन्ने कुरा सवैले बुझ्न पर्दछ र अटेर गर्नेलाई लाठी बर्षाउने प्रहरीलाई पुरस्कृत गर्न पर्दछ । हौसला दिन पर्दछ यो काम को जिम्मा स्थानिय निकायले लिए फरक पर्दैन । अधिकार र स्वतन्त्रता त जीवन रहे फेरी पनि भोगौला ।