Friday 7th August 2026

एकता बलिदानी, गम्भीरता र विश्वासका साथ संकट सँग जुझ्न अमीरको सन्देश


तोयानाथ उपेक्षित – आज साँझ कुवेतको समय अनुसार ७ बजे कुवेतका महामहिम अमीर शेख सवा अल अहमद अल जबर अल सवाह द्धारा देशबासीलाई सम्बोधन गर्नु भएको छ । जसमा कुवेती सरकारद्धारा कोरोना भाईरसको रोकथामका लागि गरिएको प्रयासको प्रशंसा गर्दै सवै देशबासीलाई एकजुट हुन आव्हान गर्नु भएको छ ।

महामहिमले दुनियाभरमा कोरोना भाईरसको महामारीले बनाएको दुर्भाग्यपूर्ण संसारको अवस्था, लाखौमा यसको संक्रमण दशै हजारको मृत्यु ले विश्वमा एकप्रकारको संकट पैदा गरेको उल्लेख गर्नु भएको छ । सम्बोधनमा देशवासी र विदेशी नागरिकको सुरक्षा निश्चित गर्नका लागि आफ्ना सवै संयन्त्र क्रियाशिल रहेको जनाईएको छ ।

शेख सवाले राज्यका निकायहरुलाई निर्देशन दिदै कुवेती नागरिक र विद्यार्थी विदेशमा जो जहाँ छन उनीहरुसँग सम्पर्क बनाई राख्न र उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी राख्न र उचित प्रबन्ध गरेर स्वदेश फिर्ता ल्याउन भनिएको छ । शेख सवाले यस्तो घडीमा सवै प्रकारको प्रयास को प्रशंसा गर्दै जसले यो अशान्त समयमा देशको सेवामा जीवन लगाई रहेका छन यो प्रयासलाई सधै याद गर्ने बताउनु भएको छ ।

अमिरले कोरोना भाईरसको संकटको समयमा मन्त्री परिषद, सभामुख र सांसदहरुको भूमिकाको प्रसंशा गर्नु भएको छ  यसैगरी विमारीहरुको रेखभाल र सेवाका लागि सवैको सकरात्मक कामको सरहना गरिएको छ । उहाँले संकटको यस समयमा कुवेतको सुरक्षाका लागि राष्ट्रिय स्तरको सघर्षको आवश्यकता रहेकोमा जोड दिनु भएको छ ।

यस अवस्थामा महामारीको नियन्त्रण गर्न र जीवनका प्राथामिकतलाई पनि सहज पार्न सवैको ध्यान केन्द्रित गर्नु महत्वपूर्ण कुरा हुने उहाँको सम्बोधनमा भनिएको छ । शेख सवा ले बर्तमान अवस्था, आगामी दिन र भविश्यमा भाईरसको फैलावट र यसको दुश्परिणामले सामाजिक, आर्थिक र शैक्षिक परिणामको सम्बोधन गर्न चुनौती महत्वपूर्ण हुने बताउनु भएको छ ।

कुवेती नागरिक र यहाँ कार्यरत प्रवासी को मनोवलमा भाईरसको कारणले गंभिर प्रभाव पारेको भन्दै उहाँले एकता, एकजुटता र बलिदानको माध्यामबाट यो प्रकोपलाई नियन्त्रण लिन र यस अवस्थामा सवैलाई गंभरतापूर्व धैर्य भएर विश्वासका साथ एकजुट हुन आग्रह गर्नुभएको छ ।


सम्बन्धित शीर्षकहरु

रियाद । एक वरिष्ठ साउदी अधिकारीलाई उद्धृत गर्दै अल अराबिया इङ्ग्लिसले हुथी विद्रोही, इराकस्थित इरान समर्थित सशस्त्र समूहहरू र इरानको…

बेलायतको आर्मी फाउन्डेसन कलेज (एएफसी) मा प्रशिक्षण लिएका चार पूर्व महिला प्रशिक्षार्थीले आफूहरू १७ वर्षको उमेरमा यौन दुर्व्यवहार, यौन उत्पीडन…

इजरायलले दक्षिणी लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणका कारण व्यापक वन क्षेत्रमा आगलागी भएको छ भने दर्जनौं घरमा क्षति पुगेको छ।…

प्रतिकृयाहरू
...