Wednesday 8th May 2024

एकता बलिदानी, गम्भीरता र विश्वासका साथ संकट सँग जुझ्न अमीरको सन्देश


तोयानाथ उपेक्षित – आज साँझ कुवेतको समय अनुसार ७ बजे कुवेतका महामहिम अमीर शेख सवा अल अहमद अल जबर अल सवाह द्धारा देशबासीलाई सम्बोधन गर्नु भएको छ । जसमा कुवेती सरकारद्धारा कोरोना भाईरसको रोकथामका लागि गरिएको प्रयासको प्रशंसा गर्दै सवै देशबासीलाई एकजुट हुन आव्हान गर्नु भएको छ ।

महामहिमले दुनियाभरमा कोरोना भाईरसको महामारीले बनाएको दुर्भाग्यपूर्ण संसारको अवस्था, लाखौमा यसको संक्रमण दशै हजारको मृत्यु ले विश्वमा एकप्रकारको संकट पैदा गरेको उल्लेख गर्नु भएको छ । सम्बोधनमा देशवासी र विदेशी नागरिकको सुरक्षा निश्चित गर्नका लागि आफ्ना सवै संयन्त्र क्रियाशिल रहेको जनाईएको छ ।

शेख सवाले राज्यका निकायहरुलाई निर्देशन दिदै कुवेती नागरिक र विद्यार्थी विदेशमा जो जहाँ छन उनीहरुसँग सम्पर्क बनाई राख्न र उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी राख्न र उचित प्रबन्ध गरेर स्वदेश फिर्ता ल्याउन भनिएको छ । शेख सवाले यस्तो घडीमा सवै प्रकारको प्रयास को प्रशंसा गर्दै जसले यो अशान्त समयमा देशको सेवामा जीवन लगाई रहेका छन यो प्रयासलाई सधै याद गर्ने बताउनु भएको छ ।

अमिरले कोरोना भाईरसको संकटको समयमा मन्त्री परिषद, सभामुख र सांसदहरुको भूमिकाको प्रसंशा गर्नु भएको छ  यसैगरी विमारीहरुको रेखभाल र सेवाका लागि सवैको सकरात्मक कामको सरहना गरिएको छ । उहाँले संकटको यस समयमा कुवेतको सुरक्षाका लागि राष्ट्रिय स्तरको सघर्षको आवश्यकता रहेकोमा जोड दिनु भएको छ ।

यस अवस्थामा महामारीको नियन्त्रण गर्न र जीवनका प्राथामिकतलाई पनि सहज पार्न सवैको ध्यान केन्द्रित गर्नु महत्वपूर्ण कुरा हुने उहाँको सम्बोधनमा भनिएको छ । शेख सवा ले बर्तमान अवस्था, आगामी दिन र भविश्यमा भाईरसको फैलावट र यसको दुश्परिणामले सामाजिक, आर्थिक र शैक्षिक परिणामको सम्बोधन गर्न चुनौती महत्वपूर्ण हुने बताउनु भएको छ ।

कुवेती नागरिक र यहाँ कार्यरत प्रवासी को मनोवलमा भाईरसको कारणले गंभिर प्रभाव पारेको भन्दै उहाँले एकता, एकजुटता र बलिदानको माध्यामबाट यो प्रकोपलाई नियन्त्रण लिन र यस अवस्थामा सवैलाई गंभरतापूर्व धैर्य भएर विश्वासका साथ एकजुट हुन आग्रह गर्नुभएको छ ।


सम्बन्धित शीर्षकहरु

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख…

बुनु थारु रासस- काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि…

आँखाको चालले बोलाउँदै रहेछौ तिमीले मनमा मायाको फूलबारी फुलाउनू छ मैले समालेर राखेको छु माया प्रेम यो दिलमा सपनाहरू सजाउनु…

प्रतिकृयाहरू
...