Friday 7th August 2026

कोरोना खाडी र साउथ एसियामा नियन्त्रण मै, युरोपमा भयावह  


तोयानाथ उपेक्षित-सर्वाधिक चासो र चिन्ताको विषय बनेको कोरोना भाईरस लाई छाडेर मानिसले अरु कुनै समाचारमा चासो दिईरहेका छैनन । मानिसको जीवनलाई प्रत्यक्ष चुनौति दिईरहेको यो भाईरस विश्व महामारीको रुपमा फैलिरहदा अहिले दुनियालाई राजनैतिक मुद्धामा सोच्ने फुर्सद छैन । सामरिक र रणनैतिक राज्यका स्वार्थहरु सवै स्थगित भए जस्तो देखिन्छन ।

को शाक्तिशाली को निरिह ? यो भाईरसको चपेटामा सवै परेका छन । शुरुवाती दिनहरुमा यो चीनका लागि मात्रै समस्या हो भने जस्तो गरी आएका क्रियाप्रतिक्रिया अहिले सेलाएका छन । यसले कति मानिसको ज्यान लिन सक्छ भनेर अडकलबाजीहरु भईरहेको अहिले को परिवेशमा नेपाल जस्ता विपन्न र गरिब देशहरुलाई झनै ठुलो विपद आईलाग्न सक्ने अनुमान गरिन्दैछ । तर यो नेपालको अहो भाग्य हो कमसे कम यस प्रकोपले पार्न सक्ने असर लाई व्यवस्थापन गर्न नेपाल ले समय पाएको छ । दुनियाका देशहरुले अपनाएको समाधानका उपायहरु अनुशरण गर्ने मौका र रोकथामका उपायहरु सिक्ने अवसर पाईरहेको छ । पछिल्ला दिनहरुमा नेपाल सरकारको गंभिरता बढे सँगै अस्थाई रुपमा आईसोलेसन केन्द्रहरु बनाउने र यसलाई जाँच पडतालका लागि औजारहरु मगाउने, पीपीई जस्ता ईक्युपमेन्टहरुको जोहो गर्ने अवसर हामीलाई प्राप्त छ । यस्तो दिन नआहोस नेपाल यस माहामारीबाट पिडित भएको सुन्न र देख्न परोस । तर कामना एउटा कुरा सावधानी र सचेतता अर्को कुरा हो ।

कोरोना भाईरस एकै दिन वा एक दुई साताको अघिपछि भएर देखा परेका केही देशहरुको तथ्यांक यहाँ उल्लेख गरिरहदा तपाई आफै हिसावकिताव र अनुमान गर्नुहोस कुन देशले यसलाई रोक्न र तिब्र फैलावटबाट बचाउन कति सफल भए कति असफल भए ।

एक सय छयासी देशहरुमा फैलिसकेको कोरोना भाईरसका कारण आज साँझ ७ बजे सम्ममा २ लाख ९० हजारमा संक्रमण भईसकेको छ भने १२ हजारले ज्यान गुमाएका छन । तल उल्लेख गरिएको तालिका सवै देशहरुको नभएर धेरै प्रकोप भएका देशहरु, खाडी राष्ट्र र दक्षिण एषियाको स्थितीलाइ अध्यानका लागि समावेश गरिएको छ । यसले कुन राष्ट्रमा कहिले प्रवेश पायो र त्यसपछि यसको गति कस्तो रहन गयो भन्ने कुरा बुझ्न सजिलो हुने छ ।

तथ्यांक सहित 


सम्बन्धित शीर्षकहरु

रियाद । एक वरिष्ठ साउदी अधिकारीलाई उद्धृत गर्दै अल अराबिया इङ्ग्लिसले हुथी विद्रोही, इराकस्थित इरान समर्थित सशस्त्र समूहहरू र इरानको…

बेलायतको आर्मी फाउन्डेसन कलेज (एएफसी) मा प्रशिक्षण लिएका चार पूर्व महिला प्रशिक्षार्थीले आफूहरू १७ वर्षको उमेरमा यौन दुर्व्यवहार, यौन उत्पीडन…

इजरायलले दक्षिणी लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणका कारण व्यापक वन क्षेत्रमा आगलागी भएको छ भने दर्जनौं घरमा क्षति पुगेको छ।…

प्रतिकृयाहरू
...