Wednesday 8th May 2024

कोरोना खाडी र साउथ एसियामा नियन्त्रण मै, युरोपमा भयावह  


तोयानाथ उपेक्षित-सर्वाधिक चासो र चिन्ताको विषय बनेको कोरोना भाईरस लाई छाडेर मानिसले अरु कुनै समाचारमा चासो दिईरहेका छैनन । मानिसको जीवनलाई प्रत्यक्ष चुनौति दिईरहेको यो भाईरस विश्व महामारीको रुपमा फैलिरहदा अहिले दुनियालाई राजनैतिक मुद्धामा सोच्ने फुर्सद छैन । सामरिक र रणनैतिक राज्यका स्वार्थहरु सवै स्थगित भए जस्तो देखिन्छन ।

को शाक्तिशाली को निरिह ? यो भाईरसको चपेटामा सवै परेका छन । शुरुवाती दिनहरुमा यो चीनका लागि मात्रै समस्या हो भने जस्तो गरी आएका क्रियाप्रतिक्रिया अहिले सेलाएका छन । यसले कति मानिसको ज्यान लिन सक्छ भनेर अडकलबाजीहरु भईरहेको अहिले को परिवेशमा नेपाल जस्ता विपन्न र गरिब देशहरुलाई झनै ठुलो विपद आईलाग्न सक्ने अनुमान गरिन्दैछ । तर यो नेपालको अहो भाग्य हो कमसे कम यस प्रकोपले पार्न सक्ने असर लाई व्यवस्थापन गर्न नेपाल ले समय पाएको छ । दुनियाका देशहरुले अपनाएको समाधानका उपायहरु अनुशरण गर्ने मौका र रोकथामका उपायहरु सिक्ने अवसर पाईरहेको छ । पछिल्ला दिनहरुमा नेपाल सरकारको गंभिरता बढे सँगै अस्थाई रुपमा आईसोलेसन केन्द्रहरु बनाउने र यसलाई जाँच पडतालका लागि औजारहरु मगाउने, पीपीई जस्ता ईक्युपमेन्टहरुको जोहो गर्ने अवसर हामीलाई प्राप्त छ । यस्तो दिन नआहोस नेपाल यस माहामारीबाट पिडित भएको सुन्न र देख्न परोस । तर कामना एउटा कुरा सावधानी र सचेतता अर्को कुरा हो ।

कोरोना भाईरस एकै दिन वा एक दुई साताको अघिपछि भएर देखा परेका केही देशहरुको तथ्यांक यहाँ उल्लेख गरिरहदा तपाई आफै हिसावकिताव र अनुमान गर्नुहोस कुन देशले यसलाई रोक्न र तिब्र फैलावटबाट बचाउन कति सफल भए कति असफल भए ।

एक सय छयासी देशहरुमा फैलिसकेको कोरोना भाईरसका कारण आज साँझ ७ बजे सम्ममा २ लाख ९० हजारमा संक्रमण भईसकेको छ भने १२ हजारले ज्यान गुमाएका छन । तल उल्लेख गरिएको तालिका सवै देशहरुको नभएर धेरै प्रकोप भएका देशहरु, खाडी राष्ट्र र दक्षिण एषियाको स्थितीलाइ अध्यानका लागि समावेश गरिएको छ । यसले कुन राष्ट्रमा कहिले प्रवेश पायो र त्यसपछि यसको गति कस्तो रहन गयो भन्ने कुरा बुझ्न सजिलो हुने छ ।

तथ्यांक सहित 


सम्बन्धित शीर्षकहरु

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख…

बुनु थारु रासस- काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि…

आँखाको चालले बोलाउँदै रहेछौ तिमीले मनमा मायाको फूलबारी फुलाउनू छ मैले समालेर राखेको छु माया प्रेम यो दिलमा सपनाहरू सजाउनु…

प्रतिकृयाहरू
...