Wednesday 8th May 2024

स्वदेश फिर्न चाहनेलाई बिकल्प दे सरकार


तोयानाथ उपेक्षित – सम्पन्न देशका नागरिकलाई कोरानाका कारण जो जहाँ छन फर्कन र त्यस्ता देशमा नजान राज्यले आव्हान गरे र गरिरहेका छन । देशलाई अर्ध लक डाउनमा राखेको बेला पनि केही आफ्ना विमान को प्रयोग गरेर उनीहरुले ओसारी रहेका छन । त्यसरी ल्याईएका आफ्ना नागरिकहरुलाई विमान स्थल बाट सिधै क्वारेन्टाईनमा लाने र चेक जाँच गर्ने गरिएको छ । त्यस्तो अपेक्षा प्रवासमा रहेका नेपालीहरुले आफ्नो सरकारसँग गर्ने की नगर्ने ? हुदैन नेपालले कहाँ सक्छ भन्ने प्रवासका केही ज्ञानी होनाहार नागरिकहरुले यसो भनेर सरकारको बचाव गरेको जस्तो देखिन्छ तर यो राजनैतिक मुद्धा होईन । कोरोनाको प्रकोपले जताएको चिन्तालाई एकताबद्ध भएर सम्बोधन गर्न जरुरी छ ।

प्रवासमा रहेका सवै मानिस सरकारले आव्हान गर्दैमा फर्कनेवाला पनि छैनन । नफर्की नहुने अवस्थामा रहेका र रोजगारी गुमाईसकेकाहरु सँग फर्कनुको विकल्प पनि छैन । कोही आफ्नै देशमा जाने पारिवारिक दवावमा पनि छन । परिवार भन्दा ठुलो प्रवासको रोजगारी होईन भन्ने ठानेर घर फिर्ने चाहाना राख्नु नैसर्गिक अधिकार पनि हो । जव प्रवासमा रहनेहरुले स्वदेश जाने ईच्छा जाहेर गर्दछन त यसमा किन आपक्ति ? विदेशमा भएका नेपाली जति सवै कोरोना संक्रमित हुन कि झै गरेर किन बोल्छन मानिसहरु ? उसले आफू संक्रमित नभएको प्रमाणीत गरेर जान्छ भने राज्यले स्वागत गर्ने की रोक्ने ? यो समय राज्यले अभिभावकत्व ग्रहण गर्ने बेला हो । कति राज्य कोषबाट खर्च हुन्छ त्यसको चिन्ता गर्ने बेला होईन । चालिस लाख नेपाली युवाहरु ले चाहे भने नेपालको राजनैतिक व्यवस्था र प्रणालीमा ठुलो धक्का दिन सक्छन उनीहरुको भावनामा खेलवाड नगरियोस । रेमिट्यान्स गुम्ला भन्ने राज्यलाई चिन्ता भएर बाटो छेक्न खोजेको भए त्यो सरकारको पतनको कारण बन्न सक्छ । यतिबेला प्रवासमा हुनेहरुलाई साहानुभूति सहित आश्वास्त पार्ने बेला हो । उसको क्षमता के छ ? के गर्न सक्छ, सक्दैन त्यो तपशिलका कुरा हुन तर अहिले नै गैह जिम्मेवार बन्ने बोली र व्यवहार सरकारले गर्नु हुदैन । यतिबेला एकाध महिना सवै नेपाली जो जहाँ छन लक डाउनमा जसरी पनि बस्नेछन तर यो लामो समय रहने हो भने विकल्प दिन सरकार तयार हुन पर्दछ । सक्ने ले आफ्ै टिकट गर्दछन, नसक्नेलाई राज्यले व्यवस्था गर्न पर्दछ । सरकारले घर आउन चाहाने नेपालीहरुका लागि सहजीकरण गर्न पर्दछ ।

सानो संख्यामा कोरोना देखिएका खाडी मुलुकमा सरकारले उडान प्रतिवन्ध लगाई सके पनि त्यो भन्दा धेरै कोरोना देखिएको भारतिय क्षेत्रबाट हवाई र स्थल यात्रुको आवागमन निर्वाध छ । भारतिय नाका खुल्ला राखेर खाडीका नेपाली रोक्नु सुतरमुर्गाले टाउको लुकाएर सुरक्षित छु भन्ने भ्रम पाल्नु जस्तो हो । हजारौको संख्यामा दक्षिणबाट नेपाल प्रवेश गर्नेहरुबाट जति जोखिम छ त्यति विदेशबाट आउनेबाट छैन भन्ने कुरा बुझन जरुरी छ ।

प्रवासी नेपालीहरु नेपाल जानु भनेको कोरना लानु हो भने झै गरी बुझ्ने र त्यसरी प्रचार गर्ने सरकारका प्रबत्ताहरु को यहाँ पनि कुनै कमि छैन । उनीहरुले कोरोनाबाट देश बचाउन लाग्ने हो कि सरकारको बचाउमा जे पनि बोलिदिने भेद छुट्याउन जरुरी छ । अहिले नेपालले गरेको हवाई प्रतिवन्ध आवाधिक भनिए पनि यो निश्चित छैन कहिले सम्म यस्तै हुने हो । प्रवासको अवस्था विग्रदै गएको छ । उनीहरुले सन्तुलन गुमाउने अवस्था आयो भने हाम्रो अवस्था कल्पना नगरिएको ठाउँमा पुग्दछ ।  कतिपय को बुझाई आत्मा केन्द्रित देखिन्छ । कतिपय ले समाजिक सञ्जालमा गैह जिम्मेवार भएर बोल्ने गरेका छन । उनीहरुको सवै कुरा ठिक ठाक चलेको छ भन्दैमा प्रवासमा सवैको अवस्था ठिक छ भन्ने गलत सन्देश प्रवाह गर्न हुदैन । टुक्रेटाक्रे व्यवशाय र कम्पनीहरुले विस्तारै हात उठाउने अवस्था आउदैछ, तिनमा आश्रित श्रमिकहरु अहिले नै चिन्तामा परिसकेका छन । यस्तो अवस्थामा प्रवासीहरुले अब विस्तारै सरकारमा दबाब बढाउनु पर्दछ । स्वेच्छाले स्वदेश फिर्न चाहानेहरुका लागि विशेष विमानको व्यवस्था गरेर भए पनि लानु पर्दछ । कुवेतमा लक डाउन भएपछि पनि लेबनान र ईजिप्टका नागरिक विशेष व्यवस्था गरेर स्वदेश गएका छन । भारतिय नागरिकहरुको स्वेच्छिक स्वदेश जाने प्रयाश जारी छ । अब हनुमान चालिसा जप्ने राजनैतिक सस्कार भन्दा माथि सवै प्रवासीहरले उठन जरुरी छ ।


सम्बन्धित शीर्षकहरु

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख…

बुनु थारु रासस- काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि…

आँखाको चालले बोलाउँदै रहेछौ तिमीले मनमा मायाको फूलबारी फुलाउनू छ मैले समालेर राखेको छु माया प्रेम यो दिलमा सपनाहरू सजाउनु…

प्रतिकृयाहरू
...