Friday 28th August 2026

स्वदेश फिर्न चाहनेलाई बिकल्प दे सरकार


तोयानाथ उपेक्षित – सम्पन्न देशका नागरिकलाई कोरानाका कारण जो जहाँ छन फर्कन र त्यस्ता देशमा नजान राज्यले आव्हान गरे र गरिरहेका छन । देशलाई अर्ध लक डाउनमा राखेको बेला पनि केही आफ्ना विमान को प्रयोग गरेर उनीहरुले ओसारी रहेका छन । त्यसरी ल्याईएका आफ्ना नागरिकहरुलाई विमान स्थल बाट सिधै क्वारेन्टाईनमा लाने र चेक जाँच गर्ने गरिएको छ । त्यस्तो अपेक्षा प्रवासमा रहेका नेपालीहरुले आफ्नो सरकारसँग गर्ने की नगर्ने ? हुदैन नेपालले कहाँ सक्छ भन्ने प्रवासका केही ज्ञानी होनाहार नागरिकहरुले यसो भनेर सरकारको बचाव गरेको जस्तो देखिन्छ तर यो राजनैतिक मुद्धा होईन । कोरोनाको प्रकोपले जताएको चिन्तालाई एकताबद्ध भएर सम्बोधन गर्न जरुरी छ ।

प्रवासमा रहेका सवै मानिस सरकारले आव्हान गर्दैमा फर्कनेवाला पनि छैनन । नफर्की नहुने अवस्थामा रहेका र रोजगारी गुमाईसकेकाहरु सँग फर्कनुको विकल्प पनि छैन । कोही आफ्नै देशमा जाने पारिवारिक दवावमा पनि छन । परिवार भन्दा ठुलो प्रवासको रोजगारी होईन भन्ने ठानेर घर फिर्ने चाहाना राख्नु नैसर्गिक अधिकार पनि हो । जव प्रवासमा रहनेहरुले स्वदेश जाने ईच्छा जाहेर गर्दछन त यसमा किन आपक्ति ? विदेशमा भएका नेपाली जति सवै कोरोना संक्रमित हुन कि झै गरेर किन बोल्छन मानिसहरु ? उसले आफू संक्रमित नभएको प्रमाणीत गरेर जान्छ भने राज्यले स्वागत गर्ने की रोक्ने ? यो समय राज्यले अभिभावकत्व ग्रहण गर्ने बेला हो । कति राज्य कोषबाट खर्च हुन्छ त्यसको चिन्ता गर्ने बेला होईन । चालिस लाख नेपाली युवाहरु ले चाहे भने नेपालको राजनैतिक व्यवस्था र प्रणालीमा ठुलो धक्का दिन सक्छन उनीहरुको भावनामा खेलवाड नगरियोस । रेमिट्यान्स गुम्ला भन्ने राज्यलाई चिन्ता भएर बाटो छेक्न खोजेको भए त्यो सरकारको पतनको कारण बन्न सक्छ । यतिबेला प्रवासमा हुनेहरुलाई साहानुभूति सहित आश्वास्त पार्ने बेला हो । उसको क्षमता के छ ? के गर्न सक्छ, सक्दैन त्यो तपशिलका कुरा हुन तर अहिले नै गैह जिम्मेवार बन्ने बोली र व्यवहार सरकारले गर्नु हुदैन । यतिबेला एकाध महिना सवै नेपाली जो जहाँ छन लक डाउनमा जसरी पनि बस्नेछन तर यो लामो समय रहने हो भने विकल्प दिन सरकार तयार हुन पर्दछ । सक्ने ले आफ्ै टिकट गर्दछन, नसक्नेलाई राज्यले व्यवस्था गर्न पर्दछ । सरकारले घर आउन चाहाने नेपालीहरुका लागि सहजीकरण गर्न पर्दछ ।

सानो संख्यामा कोरोना देखिएका खाडी मुलुकमा सरकारले उडान प्रतिवन्ध लगाई सके पनि त्यो भन्दा धेरै कोरोना देखिएको भारतिय क्षेत्रबाट हवाई र स्थल यात्रुको आवागमन निर्वाध छ । भारतिय नाका खुल्ला राखेर खाडीका नेपाली रोक्नु सुतरमुर्गाले टाउको लुकाएर सुरक्षित छु भन्ने भ्रम पाल्नु जस्तो हो । हजारौको संख्यामा दक्षिणबाट नेपाल प्रवेश गर्नेहरुबाट जति जोखिम छ त्यति विदेशबाट आउनेबाट छैन भन्ने कुरा बुझन जरुरी छ ।

प्रवासी नेपालीहरु नेपाल जानु भनेको कोरना लानु हो भने झै गरी बुझ्ने र त्यसरी प्रचार गर्ने सरकारका प्रबत्ताहरु को यहाँ पनि कुनै कमि छैन । उनीहरुले कोरोनाबाट देश बचाउन लाग्ने हो कि सरकारको बचाउमा जे पनि बोलिदिने भेद छुट्याउन जरुरी छ । अहिले नेपालले गरेको हवाई प्रतिवन्ध आवाधिक भनिए पनि यो निश्चित छैन कहिले सम्म यस्तै हुने हो । प्रवासको अवस्था विग्रदै गएको छ । उनीहरुले सन्तुलन गुमाउने अवस्था आयो भने हाम्रो अवस्था कल्पना नगरिएको ठाउँमा पुग्दछ ।  कतिपय को बुझाई आत्मा केन्द्रित देखिन्छ । कतिपय ले समाजिक सञ्जालमा गैह जिम्मेवार भएर बोल्ने गरेका छन । उनीहरुको सवै कुरा ठिक ठाक चलेको छ भन्दैमा प्रवासमा सवैको अवस्था ठिक छ भन्ने गलत सन्देश प्रवाह गर्न हुदैन । टुक्रेटाक्रे व्यवशाय र कम्पनीहरुले विस्तारै हात उठाउने अवस्था आउदैछ, तिनमा आश्रित श्रमिकहरु अहिले नै चिन्तामा परिसकेका छन । यस्तो अवस्थामा प्रवासीहरुले अब विस्तारै सरकारमा दबाब बढाउनु पर्दछ । स्वेच्छाले स्वदेश फिर्न चाहानेहरुका लागि विशेष विमानको व्यवस्था गरेर भए पनि लानु पर्दछ । कुवेतमा लक डाउन भएपछि पनि लेबनान र ईजिप्टका नागरिक विशेष व्यवस्था गरेर स्वदेश गएका छन । भारतिय नागरिकहरुको स्वेच्छिक स्वदेश जाने प्रयाश जारी छ । अब हनुमान चालिसा जप्ने राजनैतिक सस्कार भन्दा माथि सवै प्रवासीहरले उठन जरुरी छ ।


सम्बन्धित शीर्षकहरु

नेपालमा बाढी तथा पहिरोको जोखिम कायमै रहँदा उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसमेत सम्भावित असरलाई लिएर सतर्क बनेका छन्।…

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नुवाकोटको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका छन्। प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकनपछि…

विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन,…

प्रतिकृयाहरू
...