Friday 28th August 2026

कोरोना भाइरसलाई रोक्ने कुवेतको प्रयासहरु


तोयानाथ उपेक्षित- कुवेत सरकार चीनको वहानबाट शुरु भएको कोरोना भाईरसलाई रोक्न सचेत रुपमा अध्ययन गर्दै अगाडी बढ्दै थियो । तर यहाँ चीनबाट नभई ईरानतिरबाट कोरोना भित्रियो । गत बर्षको डिसेम्बरबाट चीनमा देखिएको कोरोनाले अहिले विश्व लाई आपतकालिन अवस्थामा पुर्याएको छ । डब्लु एच ओ ले पनि ११ मार्चमा यसलाई विश्व माहामारी रोग भनेर घोषणा समेत गरेको छ ।

आजको मिती सम्म कोरोनाको संक्रमण दुई लाख नाघिसकेको छ भने ८ हजार भन्दा धेरैले ज्यान गुमाई सकेका छन । कुवेत सरकारले चीनको भ्रमणमा नजान आफना नागरिकलाई जनवरी २९ मा सचेत गराएको थियो भने ईरान नजानका लागि २० फेब्रवरीमा भनेको थियो । जबकी १९ फेब्रवरीमा ईरानमा कोरोना भाईरस दुई जनालाई भएको पाईएको थियो ।

फेव्रवरी २१ मा अर्थात दुई दिन पछि थप २ जनाले ईरानमा उक्त भाईरसका कारण ज्यान गुमाउदा १८ जनामा मात्र संक्रमण देखिएको थियो । अत्यन्तै छोटो अवधिमा ईरानमा कोरोना भुसको आगो झै फैलियो । आजको मिती सम्म आईपुग्दा ठिक एक महिनाको अवधीमा ईरानमा १ हजार भन्दा धेरैले ज्यान गुमाई सकेका छन । यसरी नै ईटलीमा ज्यान गुमाउनेको संख्या ३ हजारको छेउछाउ पुगिसकेको छ ।

फेव्रवरी ८ मा जापान र अमेरिकामा कोरोनाको कारणले पहिलो व्याक्तिको मृत्यु भएको समाचार आयो । तर ईरानको तुलनामा ती देशहरुमा निक्कै नियन्त्रित अवस्था देखिन्छ । त्यसो त युके मा जनवरी ३१ मा दुई जनामा संक्रमण दखिएको थियो र सोही मितीमा रसियामा पनि दुई जना संक्रमित भएका थिए । स्पेनमा पहिलो केश फेब्रवरी १ मा देखिएको थियो । अचम्म को कुरा त के छ भने जनवरी २८ का दिन जापानमा एक जना संक्रमित भेटिएका थिए । जुन व्याक्ति चीन गएका नै होईनन ।

कुवेतले गरेका प्रयासहरु

कुवेतमा फेव्रवरी २४ का दिन पहिलो पटक ३ जनामा संक्रमण देखिएको तथ्य सार्वजनिक भयो । त्यसपछि क्रमश यहाँको सरकारले आज पर्यान्त यसलाई रोक्न अथक प्रयास गरिरहेको छ । भोली र पर्सी पल्ट राष्ट्रिय पर्व मनाउन लाग्दा कोरोना भाईरसले कुवेतको माहौल नै परिर्वतन गरिदियो । राष्ट्रिय दिवसका औपचारिक कार्यक्रमहरु धमाधम रद्ध गरिए ।

 


सम्बन्धित शीर्षकहरु

नेपालमा बाढी तथा पहिरोको जोखिम कायमै रहँदा उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसमेत सम्भावित असरलाई लिएर सतर्क बनेका छन्।…

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नुवाकोटको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका छन्। प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकनपछि…

विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन,…

प्रतिकृयाहरू
...