Thursday 15th January 2026

कोरोनाभाइरसले स्पेनमा फुटबल प्रशिक्षकको मृत्यु


तिताेपाटी – कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट स्पेनमा एक फुटबल प्रशिक्षकको मृत्यु भएको छ । मालागास्थित एथ्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमका प्रशिक्षक फ्रान्सिस्को गार्सियाको सोमबार राति निधन भएको हो ।

२१ वर्षीय गार्सियालाई कोरोनाको लक्षण देखिएपछि अस्पताल लगिएको थियो । उनलाई परीक्षण गर्दा ब्लड क्यान्सर समेत भएको पत्ता लागेको थियो । गार्सियाको उपचारकै क्रममा मृत्यु भएको समाचारलाई फुटबल खेल सम्बन्धी लोकप्रिय अनलाइन गोल डटकमले प्रकाशित गरेको छ ।

महामारीको रुपमा चीन हुँदै विश्वभर फैलिएको कोरोना भाईरसको प्रकोप अहिले युरोपियन मुलुकमा बढी देखिएको छ । इटाली र युरोपमा कोरोनाको महामारी बढेको छ । स्पेनले अहिले देशमा आपतकालिन अवस्थाको घोषणा समेत गरेको छ ।

राताेपाटीबाट साभार


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

प्रतिकृयाहरू
...