Sunday 15th March 2026

घरेलु मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु


जनकपुरधाम- धनुषामा अत्याधिक मदिरा सेवनबाट ५ जनाको मृत्यु छ। अत्याधिक घरेलु मदिरा सेवनले क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैया भवाडीका एकै टोलका ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा वर्ष २९ का ब्रह्मदेव यादव, वर्ष ४० का विलास मण्डल, राम नरायण महरा, वर्ष ६५ का गुदरी महरा र वर्ष ३५ का राजु महरा रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए। ‘उनीहरू नियमित रुपमै धेरै लोकल मदिरा मदिरा सेवन गर्दै आएका थिए। अत्याधिक मदिरा सेवनबाट मृत्यु भएको प्रारम्भीक अनुसन्धानले देखाएको छ,’ उनले भने। उनका अनुसार जानकी मेडिकल शिक्षण अस्पतालमा दुइजनाको बिहीवार र दुइ जनाको शुक्रवार विहानै मृत्यु भएको हो। एक जनाको घरमै शुक्रवार विहानै मृत्यु भएको उनले बताए। पाँचवटै शव पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको र घटना समबन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नायकले बताए।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...