Tuesday 26th August 2025

घरेलु मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु


जनकपुरधाम- धनुषामा अत्याधिक मदिरा सेवनबाट ५ जनाको मृत्यु छ। अत्याधिक घरेलु मदिरा सेवनले क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैया भवाडीका एकै टोलका ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा वर्ष २९ का ब्रह्मदेव यादव, वर्ष ४० का विलास मण्डल, राम नरायण महरा, वर्ष ६५ का गुदरी महरा र वर्ष ३५ का राजु महरा रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए। ‘उनीहरू नियमित रुपमै धेरै लोकल मदिरा मदिरा सेवन गर्दै आएका थिए। अत्याधिक मदिरा सेवनबाट मृत्यु भएको प्रारम्भीक अनुसन्धानले देखाएको छ,’ उनले भने। उनका अनुसार जानकी मेडिकल शिक्षण अस्पतालमा दुइजनाको बिहीवार र दुइ जनाको शुक्रवार विहानै मृत्यु भएको हो। एक जनाको घरमै शुक्रवार विहानै मृत्यु भएको उनले बताए। पाँचवटै शव पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको र घटना समबन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नायकले बताए।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

इजरायली युद्धक विमानहरूले यमनको राजधानी सानामा हुथीहरू विरुद्ध आक्रमण गरे र दुई पावर स्टेशनहरू र इन्धन डिपो बाहेक राष्ट्रपति दरबार…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले नजिकको राजनीतिक सहयोगी सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका छन्। नयाँ दिल्लीसँगको सम्बन्धमा…

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

प्रतिकृयाहरू
...