Tuesday 13th May 2025

चीनको बुहानबाट आएका नेपाली कहाँ छन ?


तोयानाथ उपेक्षित – चीनको बुहानबाट सरकारी उद्धारमा परेर लामो सास फेर्दै नेपाल आईपुगेका र १६ दिन खरिपाटीको क्वारेन्टाईन सकाएर परिवार सँग खुशी साट्दै घर तिर लागेको १७५ जना भाग्यमानी नेपालीहरु यतिबेला कहाँ छन ? म उनीहरुलाई खोज्दैछु ।

प्रदेशमा त्रासले बाँच्नु पर्दा कस्तो मनोविज्ञान भयो भन्ने पलपलको हिसावकिताव गहिरोसँग उनीहरुलाई थाहा छ । अहिले उनीहरुका ती दिनका अनुभुती विश्वभरी रहेका श्रमिक नेपालीहरुलाई हुन थालेको छ । लगभग विश्व नै बुहानमा परिणत हुदै गएको अवस्थामा कोरानाबाट को अपरिचित होला र ? उनीहरुले सरकारसँग मागेको गुहाँरलाई सवै नेपालीहरुले त्यतिवेला नसघाएका भए अहिले पनि उनीहरु रुदै हुने थिए होला । विदेशमा हुने लाखौ श्रमिकहरुले त झन जोडबल लगाएर सरकारलाई दवाव दिएकै हुन । उद्धार गर्न ढिलो गर्यो भनेर सामाजिक सञ्जाल र अनलाईनमा पटक पटक चिच्याएको नाताले म उहाँहरुको खोजखबर गर्न यहाँ हाजिर भएको छु ।

बुहान ईपीसेन्टर थियो कोरोनाको अनि फसेका नेपालीको संख्या एउटै जहाजमा ओर्सान सकिने थियो । समयले सवैलाई गंभिर बनायो । ती मध्ये अधिकांश उच्च शिक्षाका लागि पढन गएका विद्यार्थीहरु त्यसै पनि राष्ट्रका भविष्य  र होनाहार संपत्ति हुन । उनीहरुलाई सरकारले उद्धार गर्यो र बचायो । यसमा सवै नेपालीहरुको योगदान छ । तर अब त्यो समय छैन । सरकारले कसलाई उद्धार गरोस ? धर्ति नै फाट्ने गरि चिच्याए पनि नेपाल सरकाले कोरानाबाट त्रसित विश्वका नेपालीहरुलाई देश फिर्ता लादैन ।

मृत्युदर हेर्ने हो भने चीनलाई ईरानले उछिनी सकेको छ । कोरिया पछिपछि छ । युरोपको ईटलीमा डेढ करोड मानिस लक डाउनमा परिसकेका छन । खाडी राष्ट्रमा कोरोना छताछुल्ल भएको छ । नेपालीहरु मध्यपुर्व र पूर्वी एसियामा मात्र पनि १६ लाख भन्दा माथि छन । यहाँ काम गर्ने सवै नेपाली श्रमिकहरु त्रसित छन तर यी देशहरुमा अझै नेपाली पठाउन सरकारले छाडेको छैन । अझ लाजमर्दो कुरा त सरकारी टोलीहरु घरेलु कामदारको बजार खोज्दै यतै आएका छन रे ? हे भगवान कस्ता मानिसले बनेको देश हो नेपाल ? बेला न कुवेला टिकी ट्यास ट्यास भनेको यहि हो । कोराना प्रभावित देशको भ्रमण गर्ने कतिपय देशले स्वयम क्वारेन्टाईनमा बस्न थालेका छन । हाम्रा देशका कर्मचारीलाई विदेश घुम्न र भत्ता थाप्न पाए भयो । कोरनाले लैजाओस भन्न नहुने, देशै सखाप होला भन्ने डर तर रिस चाहि यति उठेको छ खै के भनौ अरु ।

के जनताको जीवन भन्दा रेमिट्यान्सको धेरै चिन्ता भएको हो सरकारलाई ? किन पठाउदैछ खाडीमा मानिसहरु अझै । हामीलाई थाहा छ नेपाल सरकारको तागत छैन फिर्ता लाने । हामी सवै फिर्ता लग्ने नै हो भने देश के ले चलाउने ? नेताले के खाने भन्ने उनीहरुको चिन्ता पनि हामीले नै गर्न परेको छ । त्यहि भएर हामी चुप छौ । यसको मतलब हामीलाई डर लागेको छैन भन्ने होईन । हाम्रा घर परिवारले हामी माथि चिन्ता गरेका छैनन भन्ने होईन । हरेक दिन आफु बसेको देशमा कोरना संक्रमितहरुको डाटा हामीले पठाईरहेका छौ । हाछ्यु लाग्दा ढुकढुक मन पार्दै आफैलाई संझाउछौ । कसैले खोक्यो भने आँखा तरेर हेर्नेको कमि छैन आजभोली यहाँ । दिनमा तातो र रातमा चिसो खाएर बाँचेका हामीलाई जुरुक्क उठदा नाक नटालिएको दिन हुदैन । विस्तारै बाहिरको तातोले सेकाउन थालेपछि १० बजेतिर निको भईहाल्छ तर भएन भने के सोच्ने ? कोरोनाको लक्षण नै यहि विन्दुबाट शुरु हुने भएका ले आज भोलीको स्वास्थ्य चिन्ता र चासो नै फरक भईसकेको छ । नोकरीको चिन्तालाई जोखिम सँग साटेर कार्यस्थलमा खटिएका लाखौ श्रमिकहरुलाई कसले माया गर्ने र ? किन गंभिर बन्दै छैन यो सरकार ? के बुहानका नेपालीको जस्तो भाग्य अन्त कतै बस्ने नेपालीको होला र ? जे होला होला भगवान भरोसामा बाँच्न विवश हाम्रो चिन्ता तपाईहरु नगर्नुस हामी आफै लिन्छौ । तर देशको चिन्ता गरियोस । बुहानबाट फर्कने १७५ जना नेपालीहरुले राष्ट्रको चिन्ता गरिदिउन । कोरनाको विषयमा उनीहरुले अभियान चलाउन । एक जनाले अभियानको नेतृत्व गर्दा १७५ वटा समुह बन्न सक्छ । जो जहाँको हो उसले त्यही देखिने भुमिका गर्न सक्छ । यो मौका पनि हो । जो अनुभुतीले उनीहरुलाई टर्साइरहेको छ । जति उनीहरुले राक्षसी कोरनाबाट बँच्ने अभियानलाई जीवन्त बनाउन सक्छन । अरुले त्यति सक्दैनन भन्ने विश्वास नै यो लेखको मनसुवा पनि हो ।

परेको लाई नै पीडा थाहाँ हुने हो, नपरेकालाई त अरुको पीडा सेल्फीको विषय पनि बन्न सक्छ । यसर्थ सर्वाधिक खोजीमा रहेका बुहान बाट फर्केका नेपालीहरु कहाँ छन भन्ने नै मेरो चासो हो । यति बेला हामी प्रवासीको कुरा छाडीदिनुस जो जान्ने बुझ्ने हुनुहुन्छ नेपाललाई कोराना बाट बचाउन लाग्नुस । यो समय राजनीतिका भाषण छाट्ने बेला होईन । नेपालीहरुलाई बचाईयोस । नेपाल रहे बाँचेका नेपाली संसारको कुनै पनि कुना बाट आउन सक्छन । नेपाल नै नरहने अवस्था आए उनीहरु बाँचेर पनि कहाँ आउने ? घर परिवार नै नरहे को सँग भेट्ने ? पैसा जति कमाए पनि त्यो के गर्ने ?

यसर्थ यति बेला दक्षिणका बोर्डरमा नागरिकको मानब साँङलोको जरुरत छ । भारत र बंगलादेशमा यसको प्रकोप फैलिदो छ । हवाई जहाज बाट आउने भन्दा भयंकर खतरनाक त्यो बाटो हुन सक्छ । ईरानबाट आउनेले सिंगो खाडीमा कोरना फैलाए झै कतै नेपालमा त्यस्तो नहोस । कोरोना रोक्न चाहिने प्रयासमा सवैले शक्ति खर्चने वेला हो । सरकारले अव न पर्यटन न रोजगार । कोरना प्रवावित देशमा जान आउन पूर्ण रुपमा केही सातालाई मात्र भए पनि रोक लगाओस । पछि हुन सक्ने भयावह क्षतिलाई नजरअन्दाज नगरियोस । त्यसबेला जनताले कदापी माफी गर्ने छैनन । यो प्रिभेन्टिभ एक्सनको समय हो पछि रोएर कोही आउदैनन कोराना समाल्नका लागि । ६ महिनाको नाकाबन्द सहेका नेपालीले आफ्नो रक्षाको लागि सवै खालको कष्ट सहनेछन बेलैमा चेतना भया ।


सम्बन्धित शीर्षकहरु

दिनहुँको सैन्य वृद्धि, सीमापार घातक आक्रमण, आरोप-प्रत्यारोप र प्रति-आरोपपछि भारत र पाकिस्तानले तत्काल युद्धविराम गर्न सहमत भएका छन्। सन् १९४७…

एजेन्सी -पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आणविक र क्षेप्यास्त्र नीतिबारे निर्णय गर्नका लागि देशको सर्वोच्च निकायको बैठक बोलाएका छन्। ‘प्रधानमन्त्रीले राष्ट्रिय…

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

प्रतिकृयाहरू
...