Friday 13th March 2026

एसीसी इस्टर्न रिजन टि २० : मलेसियासँग २२ रनले हार्‍यो नेपाल


एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा नेपाल र मलेसियाबीच भएको खेलमा मलेसियाले नेपाललाई २२ रनले पराजित गरेको छ।

शनिबार थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो।

मलेसियाले दिएको लक्ष्यलाई नेपालले पूरा गर्न सकेन। नेपालले १९.५ ओभरमा अलआउट हुँदै १३२ रनमा मात्र सीमित भयो।

ओपनरको रूपमा क्रिजमा कुशल मल्ल र ज्ञानेन्द्र मल्ल उत्रिएका थिए।

कुशल मल्लको शून्य रनमा क्याच आउट भए भने ज्ञानेन्द्र मल्ल ३८ रन ३ चौका १ छक्का प्रहार गर्दै आउट भए। मलेसियाका पवनदीप सिंहले फालेका बललाई शेदअजिज क्याच गरेका थिए।

त्यस्तै, पारस खड्का ९ रन १ चौका बनाएर आउट भए। दीपेन्द्र सिंह ऐरी ३८ रनमा १ चौका, पवन सरार्फ १९ रनमा १ चौका १ छक्का र आरिफ शेख ५ रनमा १ चौका बनाएर आउट भए।

करण केसी पनि २ रनमात्र बनाएर आउट भए। विनोद भण्डारी ७ रन बनाएर आउट भए।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

प्रतिकृयाहरू
...