Thursday 15th January 2026

एसीसी इस्टर्न रिजन टि २० : मलेसियासँग २२ रनले हार्‍यो नेपाल


एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा नेपाल र मलेसियाबीच भएको खेलमा मलेसियाले नेपाललाई २२ रनले पराजित गरेको छ।

शनिबार थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो।

मलेसियाले दिएको लक्ष्यलाई नेपालले पूरा गर्न सकेन। नेपालले १९.५ ओभरमा अलआउट हुँदै १३२ रनमा मात्र सीमित भयो।

ओपनरको रूपमा क्रिजमा कुशल मल्ल र ज्ञानेन्द्र मल्ल उत्रिएका थिए।

कुशल मल्लको शून्य रनमा क्याच आउट भए भने ज्ञानेन्द्र मल्ल ३८ रन ३ चौका १ छक्का प्रहार गर्दै आउट भए। मलेसियाका पवनदीप सिंहले फालेका बललाई शेदअजिज क्याच गरेका थिए।

त्यस्तै, पारस खड्का ९ रन १ चौका बनाएर आउट भए। दीपेन्द्र सिंह ऐरी ३८ रनमा १ चौका, पवन सरार्फ १९ रनमा १ चौका १ छक्का र आरिफ शेख ५ रनमा १ चौका बनाएर आउट भए।

करण केसी पनि २ रनमात्र बनाएर आउट भए। विनोद भण्डारी ७ रन बनाएर आउट भए।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

प्रतिकृयाहरू
...