Tuesday 29th July 2025

वामदेवबारेको निर्णय प्रधानमन्त्रीले मान्नुहुन्छ, मान्नुपर्छ: प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष वामदेव गौतमलाई मन्त्रिपरिषदले राष्ट्रिय सभामा सिफारिस गर्ने सचिवालयको निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले मान्ने बताएका छन्।

जिल्लास्तरीय एउटा कार्यक्रममा सहभागी हुन शुक्रबार बिहान गृह जिल्ला चितवन पुगेका भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सर्वसम्मत निर्णय प्रधानमन्त्रीले मान्नुपर्ने बताए।

‘महासचिव र प्रवक्ताले यो कुरा सार्वजनिक गरिसक्नुभएको छ, प्रधानमन्त्रीले यो कुरा मान्नुहुन्छ,’ प्रचण्डले भने,‘तपाईंहरूले एकदुई दिनमा थाहा पाउनुहुन्छ। उहाँले (प्रधानमन्त्री) ले मान्नुहुन्छ, मान्नैपर्छ।’

प्रधानमन्त्रीले वामदेवलाई सिफारिस नगर्ने कुरा आफूले कल्पना पनि नगरेको प्रचण्डको भनाइ छ।

‘उहाँले गर्नुहुन्छ, मैले त्यत्ति बुझेको हो। प्रधानमन्त्रीले सिफारिस नगरे के हुन्छ भन्ने कुरातिर म अहिले जान चाहन्नँ,’ प्रचण्डले भने,‘प्रधानमन्त्री र मेरो संयुक्त अध्यक्षतामा बसेको बैठकले गरेको सर्वसम्मत निर्णय गरेको हो।’

गत बुधबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने मन्त्रिपरिषद्ले सिफारिस गर्ने निर्णय गरेको थियो। तर प्रधानमन्त्री ओलीले उक्त निर्णय आफूलाई मान्य नहुने भन्दै अहिलेका अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिन चाहेको बताएका छन्।

राष्ट्रिय सभामा खतिवडा र गौतम कसलाई पठाउने भन्ने रस्साकस्सी नेकपाभित्र अहिले पनि जारी छ।

आज बिहानमात्रै नेकपाका दुई वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालले प्रचण्डसँग खुमलटारमाछ छलफल गरेका थिए।

उक्त छलफलपछि चितवन गएका प्रचण्डको अभिव्यक्ति उनीहरू वामदेवका पक्षमा अडिग रहेको देखिन्छ।

यसैबीच नेकपा महासचिव बिष्णु पौडेल उपाध्यक्ष गौतमलाई भेट्न उनको भैंसेपाटी निवास पुगेका छन्। रूघाखोकी लागेपछि गौतम बिहान प्रचण्डनिवास जान सकेका थिएनन्।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

वाशिंगटन: अमेरिकी अधिकारीहरूले विदेशी हस्तक्षेपको आशंकामा अर्बपति एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल X मा फ्रान्सले गरेको आपराधिक अनुसन्धानको शुक्रबार…

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

प्रतिकृयाहरू
...