Friday 3rd April 2026

कुवेतमा ३ जनामा कोरोना भाइरस संक्रमणको आशंका, सचेत रहन आग्रह


हरीकृष्ण न्यौपाने- कुवेतको स्वास्थ्य मन्त्रालयले कुवेतमा फेब्रुअरी २४,२०२० का दिन सम्ममा इरानको मसादबाट आएका ३ यात्रीहरुमा कोरोना भाइरस(१९)को संक्रमण भएको आशंका ब्यक्त गरेको छ।
कुवेत टाइम्स तथा आइमान मात अनलाइन पोर्टरलमा प्रकाशित समाचारमा जनाईए अनुसार कोरोना भाईरसरको संक्रमणको आशंका देखिएका इरानको मसादबाट फर्काइएका यात्रीहरुमा ५३ बर्षिय कुवेती नागरिक,६१ बर्षिय साउदी नागरिक अनि २१ बर्षिय बेदुन नागरिकलाई डाक्टरको प्रत्यक्ष निगरानिमा राखिएको छ।उनिहरुको अवस्था सामान्य रहेको जनाउदै समाचारमा भनिएको छ”उनिहरुलाई कोरोना भाइरसको संक्रमणको आशंका गरिए पछि हाइ अलर्टका साथ गर्नु पर्ने सम्पूर्ण स्वस्थ्य प्रबिधिहरुको प्रयोग गर्दै बिशेष मेडिकल टिमको निगरानिमा राखीएको छ।
चिनबाट फैलिएको कोरोना भाईरस यूरोपका केही मुलुकहरु, एशियन मुकुलहरू हुँदै दक्षिण कोरिया तथा मध्यपूर्व फैलदै गईरहेको छ।दुबइमा केही दिन पहिले देखिएको कोरोना भाइरसको संक्रमण आज बाट कुवेत तथा बहराईनमा समेत देखिएको छ।
यसै बिच कुवेतको स्वास्थ्य मन्त्रालयले कोरोना भाईरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु अबलम्बन गर्न सबैलाई सुचित गरेको छ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...