Saturday 20th December 2025

कुवेतको अस्पतालमा उपचार गराइ रहेका सुरेश बहादुरको मृत्यु


हरि कृष्ण न्यौपाने – लामाचौर-१६,पोखरा, कास्की घर भई कुवेतमा कार्यरत सुरेश बहादुर खत्रीको कुवेतको फर्वानिया अस्पतालमा उपचार गराइ रहेको अबस्थामा मृत्यु भएको छ।
नेपाली राजदूतावास कुवेतकी दृतिय सचिव जानकी ओझाले सुरेश बहादुर खत्रीको कुवेतको फर्वानिया अस्पतालमा उपचाररत अबस्थामै हिजो फेब्रुअरी १८, मंगलबार २०२० का दिन बेलुका मृत्यु भएको पुष्टि भएको तितोपाटि डटकमलाई बताईन।ओझाले थपिन”राहदानि नं-०७१३९३९७ का सुरेश बहादुर खत्रीलाई डिसेम्बर-०६,२०१९ का दिन अचानक बेहोस भए पछि कुवेतको फर्वानिया अस्पतालमा उनिहरुको साथिले पुर्याएका थिए।कोमामै होस नै नआइकन उनको मृत्यु भएको हो।”
तमु समाज कुवेतका पूर्ब अध्यक्ष अमर गुरुङले मृतक सुरेश बहादुर खत्री आफ्नै घर नजिकको भएको बताएका छन।गुरुङले भने” बृद्ध अवस्थका बुबा ओछ्यानमै थलिएका छन भने मृतकको आमा पनि बिरामी छिन। श्रीमती अनि एक छोरा र एक छोरी रहेका मृतक सुरेशको पारीवारिक आर्थिक अबस्था अत्यन्त नाजुक रहेको अमर गुरुङले बताए।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...