Friday 3rd April 2026

कुवेतको अस्पतालमा उपचार गराइ रहेका सुरेश बहादुरको मृत्यु


हरि कृष्ण न्यौपाने – लामाचौर-१६,पोखरा, कास्की घर भई कुवेतमा कार्यरत सुरेश बहादुर खत्रीको कुवेतको फर्वानिया अस्पतालमा उपचार गराइ रहेको अबस्थामा मृत्यु भएको छ।
नेपाली राजदूतावास कुवेतकी दृतिय सचिव जानकी ओझाले सुरेश बहादुर खत्रीको कुवेतको फर्वानिया अस्पतालमा उपचाररत अबस्थामै हिजो फेब्रुअरी १८, मंगलबार २०२० का दिन बेलुका मृत्यु भएको पुष्टि भएको तितोपाटि डटकमलाई बताईन।ओझाले थपिन”राहदानि नं-०७१३९३९७ का सुरेश बहादुर खत्रीलाई डिसेम्बर-०६,२०१९ का दिन अचानक बेहोस भए पछि कुवेतको फर्वानिया अस्पतालमा उनिहरुको साथिले पुर्याएका थिए।कोमामै होस नै नआइकन उनको मृत्यु भएको हो।”
तमु समाज कुवेतका पूर्ब अध्यक्ष अमर गुरुङले मृतक सुरेश बहादुर खत्री आफ्नै घर नजिकको भएको बताएका छन।गुरुङले भने” बृद्ध अवस्थका बुबा ओछ्यानमै थलिएका छन भने मृतकको आमा पनि बिरामी छिन। श्रीमती अनि एक छोरा र एक छोरी रहेका मृतक सुरेशको पारीवारिक आर्थिक अबस्था अत्यन्त नाजुक रहेको अमर गुरुङले बताए।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...