Thursday 10th September 2026

१८ औं एम बि बम्जन गोल्डकप फुटबल शुभारम्भ


तितोपाटी – माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाण्डाैं-कुवेतले हरेक वर्ष खेलाउँदै आएको एम बि बम्जन गोल्डकप फुटबलको अठाराैं सिरिज हिँजो १४ फेब्रुअरी २०२० शुक्रबार देखि कुवेतकाे फाहाहिल स्थित फाहाहिल स्पाेर्टस क्लबको फुटबल मैदानमा शुरू भयो। एम बि बम्जन गोल्डकप अठाराैं सिरिजको हिँजो एक समारोह बिच नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले संस्थाका अध्यक्ष डम्बर प्रसाद रिमालको सभाध्यक्षता, र संस्थापक एवं बरिष्ट सल्लाहकार सल्लाहकार राजेन्द्र तामाङ, एनआरएनए कुवेतका कार्यवाहक अध्यक्ष हरि लावती, मध्यपुर्व महिला संयोजक सुमित्रा देवी पाैडेल लगायत कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी-प्रतिनीधि, पत्रकार, खेलाडी र खेलप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको समुपस्थितिमा शुभारम्भ गरेका थिए।

१४ र २१ फेब्रुअरी का दिन फुटबल खेलाइ सम्पन्न गर्न लागिएको उक्त गोल्डकप फुटबल प्रतियोगिताको अठाराैं सिरिजमा जम्मा १३ टिमले सहभागिता जनाएका थिए जस्मा नकअाउट चरण र क्वार्टर फाइनल चरणका  खेलहरू हिँजो खेलाइएका थिए भने सेमिफाइनल र  फाइनल खेल भने आगामी शुक्रबार  खेलाइने आयोजकले जनाएको छ।

फाहाहिल स्पोर्टस क्लबको फुटबल मैदानमा खेलाइएको उक्त गोल्डकप प्रतियोगिताको हिँजोको खेलबाट प्रतिद्वान्दी टिमलाइ हराउँदै गत वर्षको विजेता सरोकार समाज कुवेत, मंगाफ फुटबल क्लब, पुर्वेली टाइगर र केजीएल फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

यमनको पेरिम टापु अहिले निकै महत्वपूर्ण बनेको छ। यो टापु बाब अल–मन्दब नामक समुद्री मार्गमा पर्छ, जहाँबाट विश्वका धेरै तेल…

प्रतिकृयाहरू
...