Friday 19th December 2025

१८ औं एम बि बम्जन गोल्डकप फुटबल शुभारम्भ


तितोपाटी – माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाण्डाैं-कुवेतले हरेक वर्ष खेलाउँदै आएको एम बि बम्जन गोल्डकप फुटबलको अठाराैं सिरिज हिँजो १४ फेब्रुअरी २०२० शुक्रबार देखि कुवेतकाे फाहाहिल स्थित फाहाहिल स्पाेर्टस क्लबको फुटबल मैदानमा शुरू भयो। एम बि बम्जन गोल्डकप अठाराैं सिरिजको हिँजो एक समारोह बिच नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले संस्थाका अध्यक्ष डम्बर प्रसाद रिमालको सभाध्यक्षता, र संस्थापक एवं बरिष्ट सल्लाहकार सल्लाहकार राजेन्द्र तामाङ, एनआरएनए कुवेतका कार्यवाहक अध्यक्ष हरि लावती, मध्यपुर्व महिला संयोजक सुमित्रा देवी पाैडेल लगायत कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी-प्रतिनीधि, पत्रकार, खेलाडी र खेलप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको समुपस्थितिमा शुभारम्भ गरेका थिए।

१४ र २१ फेब्रुअरी का दिन फुटबल खेलाइ सम्पन्न गर्न लागिएको उक्त गोल्डकप फुटबल प्रतियोगिताको अठाराैं सिरिजमा जम्मा १३ टिमले सहभागिता जनाएका थिए जस्मा नकअाउट चरण र क्वार्टर फाइनल चरणका  खेलहरू हिँजो खेलाइएका थिए भने सेमिफाइनल र  फाइनल खेल भने आगामी शुक्रबार  खेलाइने आयोजकले जनाएको छ।

फाहाहिल स्पोर्टस क्लबको फुटबल मैदानमा खेलाइएको उक्त गोल्डकप प्रतियोगिताको हिँजोको खेलबाट प्रतिद्वान्दी टिमलाइ हराउँदै गत वर्षको विजेता सरोकार समाज कुवेत, मंगाफ फुटबल क्लब, पुर्वेली टाइगर र केजीएल फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

प्रतिकृयाहरू
...