Wednesday 8th April 2026

लुम्बिनी समाजद्वारा नेपालका मृगाैला पीडितलाइ ७० हजार भन्दा बढीको सहयोग


तितोपाटी – लुम्बिनी समाज नेपाल कुवेतले नेपालका मृगाैला पीडितको उपचारार्थ नेपाली रूपैयाँ ७० हजार भन्दा बढीको सहयोग गरेको छ। समाजले गुल्मीदरबार गाउपालिका वडा न:२ साविक जुभुङ्ग गाबिस गुल्मीका २४ वर्षीय रजालीको दुबै मृर्गोला फेल भई मृर्गौला प्रत्यारोपण गर्नका लागि अार्थिक समस्या भए भएपछि समाजका सदस्यहरूबाट सहयोग संकलन गरी रू. ७१८०२।२६ अक्षेरूपी एकहत्तर हजार अाठ सय २ रूपैयाँ २६ पैसा सहयोग गरेको कुरा लुम्बिनी समाज नेपाल-कुवेतका अध्यक्ष रमेश पाल्पालीले तितोपाटी डट कम लाइ जानकारी गराएका हुन्।

लुम्बिनी समाज संग अार्थिक जुटाई दिन अनुरोध गरेको हुन्दा हामी लुम्बिनी समाजका मनका धनी साथीहरुबाट छोटो समय दुई हप्ता मै 193 केडी जुटाई नेपाली रकम अाज को रेटमा रु,71,80२,२६ पैसा जम्मा पिडक का दाजु बिनोद रजालीको नाममा पठाइएको सबैमा जानकारी गराउँदछाैं, नेपालीले भने।

घरायसी अार्थिक अबस्था कम्जोर भएका रजालीको उपचारार्थ थोरै भए पनि सहयोग होस भनि संस्था भित्रका साथीहरूमार्फत रकम संकलन गरि पठाएको लुम्बिनी समाज नेपाल-कुवेतले यस अघि पनि कुवेतबाट धेरै दुःखी पीडितहरूको उद्दार तथा कर्मथलो कुवेत र जन्मभूमि नेपालमा विभिन्न किसिमले दुःखी पीडितहरूलाइ अार्थिक सहयोग गर्दै अाएको छ भने लुम्बिनी क्षेत्र भित्रका शैक्षिक संस्थामा अध्ययनरत गरिब तथा जेहन्दार बिद्यार्थीहरूलाइ छात्रवृद्धि पनि प्रदान गर्दै अाएको छ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...