Wednesday 23rd September 2026

झुप्री भण्डारीको’सम्झी रुनारुना’ सार्वजनिक(भिडियो सहित)


तितोपाटी- बेग्लै र मौलिक पहिचान बोकेर साङ्गीतिक जगतमा उदाएकी झुप्री भण्डारीको पहिलो गीत ‘सम्झी रुनारुना’ सार्वजनिक भएको छ । उक्त गीत आज युट्युबमार्फत् सार्वजनिक गरिएको हो ।

झुप्रीले नेपालको पहिलो रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा आफ्नै मौलिक गीत गाउँदा धेरै दर्शकका आँखा रसाएका थिए । आजसम्म आफ्ना आँखाले उज्यालो र अँध्यारोको महसुस गर्न नपाएकी झुप्रीले आफ्नो जिन्दगीको कथा जस्तै गीत गाउँदै आएकी छन् । आँखा नदेखेकै कारण उनले औपचारिक शिक्षाबाट समेत बन्चित हुनुपर्‍यो तर पनि उनले सुनेको भरमा टपक्कै लय टिपेर आफ्ना पीडालाई गीतमा ढाल्न सक्छिन् । आफ्नो जिन्दगीदेखि वाक्क लागेको र पटक्कै बाँच्न मन नलागेको अभिव्यक्ति उनका गीतमा पाइन्छ । उनका गीतमा आमाले आफूलाई नमारेकामा खुब गुनासो गरेकी छन् । उनका गीतमा प्राय: निराशावादी चिन्तन पाइन्छ ।

आफ्नै जिन्दगीको वास्तविकतालाई गीतमा उतार्ने झुप्रीलाई काठमाडौंसम्म ल्याएर संसारभर चिनाएका स्रष्टा कमल सङ्घर्षले ‘सम्झी रुनारुना’को गीत लेखनमा सघाएका छन् । गीतमा पाण्डव विष्टको लय रहेको छ भने एरेन्ज विनोद बजुरेलीले गरेका हुन् । गीत सडक मिडियाले बजारमा ल्याएको हो । गीतको भिडियो निर्देशन कमल सङ्घर्ष र बरुण रिजालले गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...