Friday 19th December 2025

एनआरएन कप भलिबल प्रतियोगिताको टिम दर्ता फेब्रुअरी १४ र टाइसीट २१ फेब्रुअरीमा हुने


तितोपाटी – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले यहि फेब्रुअरी २५ तारिक मंगलबारको दिन कुवेतको मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा सम्पन्न गर्न लागेको अन्तर नेपाली भलिवल प्रतियोगिताको लागि फेब्रुअरी १४ तारिक शुक्रबार टिम दर्ता र फेब्रुअरी २१ तारिक टाइसिट तयार  गर्ने भएको कुरा एनआरएनका युवा संयाेजक तथा भलिबल प्रतियोगित संयोयक समितिका संयोजक नबराज पराजुलीले तितोपाटी डट कमलाइ बताएका छन्। एनआरएनले कुवेतको राष्ट्रिय दिवस तथा स्वतन्त्रता दिवसको अवसर पारेर यहि २५ फेब्रुअरी २०२० को दिन नेपाली टिमहरूबिच भलिवल प्रतियोगिता गराउन लागेको हो।

टिम दर्ताको लागि २१ केडि शुल्क राखेको एनआरएनले टिम दर्ताको लागि आगामी १४ तारिक शुक्रबार दिउँसो ११ बजेदेखि बेलुकी ५ बजे सम्मको समय तोकेको छ भने भने टाइसिट फेब्रुअरी २१ तारिक शुक्रबार अपरान्ह ४ बजे सार्वजनिक गरिने जनाएको छ ।

भलिबल खेलको अन्तर्राष्ट्रिय नीति नियम, मान्यता र अभ्यासलाइ आत्मसात गर्दै एनआरएन कप अन्तर नेपाली भलिबल प्रतियोगिता गराउन लागिएकोले यस पटकको भलिबल प्रतियोगिता यस अघिका प्रतियोगिताहरू भन्दा स्तरीय र भिन्न हुने कुरा एनआरएनए कुवेतका कार्यवाहक अध्यक्ष हरि लावतीले तितोपाटी डट कम सँग को कुराकानीमा बताए ।

अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छुट्टे पहिचान बनाएको एनआरएनएले भलिबल खेललाइ अनुशासित, मर्यदित, स्तरीय र प्रतिस्पर्धी बनाइ आपसी भाइचाराको सम्बन्ध  बढाउने माध्यमको रूपमा विकसित गर्नको लागि खेलकुद सम्बन्धि नियमहरू समेत प्रकाशित गरेको छ। भलिबल खेल सम्बन्धि नियमहरू यस प्रकार रहेका छन् ।

१. भलिबल खेलको टिम दर्ता गर्दा सम्पुर्ण खेलाडी तथा टिम म्यानेजरको नाम लिष्ट पेश गर्नु पर्नेछ भने टिम क्यप्टेनको सिभिल आइडी कपी अनिबार्य रूपमा पेश गर्नु पर्नेछ।
२. खेलकुदको टिममा नेपाली बाहेक अन्य राष्ट्रको खेलाडीलाइ समावेश गर्न पाइने छैन।
३. एउटा टिम भित्र खेलाडी ६ जना, अतिरिक्त खेलाडी ३ जना तथा टिम म्यानेजर गरि जम्मा १० जनाको टिम हुनेछ।
४. भलिबल खेल्ने एक टिमका खेलाडीहरूले एकै किसिमको ड्रेस प्रयोग गर्नु पर्नेछ।
५. खेलाडीहरूले स्वास्थ्यको कारण खेल खेल्न नसकने वा अन्य समस्या भएमा खेल शुरू हुनुभन्दा आधा घण्टा अगाडी जानकारी दिनु पर्नेछ।
६. खेल खेलाउँदा आयोजक कमिटिको निर्णय अनुसार खेलाइनेछ। कुनै किसिमको विवाद सिर्जना भएमा एम्पायर र आयोजक कमिटीको निर्णय सर्वमान्य हुनेछ।
७. खेल खेलाउने एम्पायर र लाइन्सम्यान आयोजक कमिटीले छनाेट गरि राख्नेछ।
८. खेलमा खेलाडीले प्रदर्शन गरेको खेल, अनुसाशन आदि हेरेर मुल्यांकन गरि सोही अनुसार उत्कृष्ट खेलाडीलाइ पुरस्कृत गरिनेछ।
९. खेेल मैैैदानमा कुवेतको कानुनले प्रतिबन्धित गरेेेको कुनै पनि चिज लैैजान सख्त मनाही छ।
१०. भलिबल खेल प्रतियोगिताकाे दाैरान कुनै पनि अनुसाशन विपरितका कृयाकलाप वा गतिविधि गरेको पाइएमा वा आयोजकलाइ नै चुनाैति दिने गरि विवाद सिर्जना गरे गराएमा कुवेतको कानुन अनुसार सम्बन्धित निकायमा पेश गरिनेछ।
स्मरण रहोस, एनआरएनए कुवेतले भिआपी एरियामा कडा सुरक्षाको विच आयोजना गर्न लागेको यो भलिबल प्रतियोगिताका प्रथम, द्वित्तिय र तृतीय हुने विजयी टिमहरूलाइ नगद पुरस्कार, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ भने प्रथम पुरस्कारको राशी १५१ केडी, द्वित्तीय पुरस्कारको राशी १०१ केडी र तृतीय पुरस्कारको राशी ५१ केडि तय गरेको छ । प्रतियोगितामा अनुशासित टिम र उत्कृष्ट खेलाडीलाइ समेत पुरस्कृत गरिने भएको छ ।

प्रतियोगिता सम्बन्धि विवरणः
स्थानः गल्फ युनिभर्सिटीको कभर्ड हल मिसरफ कुवेत।
मितिः २५ फेब्रुअरी २०२० मंगलबार।
समयः बिहान ७ बजे देखि।

विस्तृत जानकारीको लागि सम्पर्क:

१. सुजन केसि (अध्यक्ष) – ९८७२१११२
२. हरि लावती (बरिष्ट उपाध्यक्ष) – ९७२७८३७९
३. दिल पाख्रीन (महासचिव) – ९७५५७३१३
४. नवराज पराजुली (युवा संयोजक) – ५०६१६८९५


सम्बन्धित शीर्षकहरु

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

प्रतिकृयाहरू
...