Tuesday 29th September 2026

कुवेतमा पनि २८५६ राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमको सम्पूर्ण तयारी पूरा


तितोपाटी – तामाङ घेदुङ कुवेतद्वारा आयोजित २८५६ राष्ट्रिय सोनाम ल्होछार तथा वृहत् साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । सोनाम ल्होछार कार्यक्रम नेपालबाट अतिथि कलाकारको साथमा यहीँ आउदो फेब्रुअरी ७ तारिक शुक्रबारको दिन कुबेतको जिलिब स्थित नोटिङ्गम ब्रिटिश स्कुलमा हुनेभएको छ ।

नेपालबाट अतिथि कलाकारहरु बहुचर्चित लोकप्रिय गायिका मिना लामा, अन्जु लामा, जोगलाल लामा र युबी मोंग्रेसको साथमा स्थानीय चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ । कुबेतको जिलिब स्थित नोटिङ्गम ब्रिटिश स्कुलको हलमा मध्याह्न १२ बजे देखी शुरु हुने ल्होछार कार्यक्रममा तामाङ जातिको भाषा, धर्म, संस्कृति, भेषभुषाको संरक्षण र प्रबर्द्धन गर्ने उदेश्यका साथ कुवेतमा पनि हरेक वर्ष ल्होछार मनाउदै आएको छ ।

राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउनको लागि कुवेतमा कृयाशिल विभिन्न सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पूर्ण कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई निमन्त्रणा गरिसकिएको छ । यदि कुनै कारण बस निमन्त्रणा गर्न छुट्न गएको खण्डमा यसै समाचारलाई निमन्त्रणा मानी उक्त दिनको कार्यक्रममा उपस्थित भइ शोभा बधाई दिनुहुन तामाङ कुवेत घेदुङले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रमको हुने स्थान, मिति र समय तपसिल बमोजिम रहेको छ ।
स्थान : नोटिङ्गम ब्रिटिश स्कुलको हल जिलिब
मिति : ७ फेब्रुअरी २०२० (शुक्रबार)
समय : मध्याह्न १२ बजे
कार्यक्रम : २८५६ राष्ट्रिय सोनाम ल्होछार
आयोजक :नेपाल तामाङ घेदुङ, कुवेत


सम्बन्धित शीर्षकहरु

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले अमेरिकाले आप्रवासीहरूलाई अन्य देशमा पठाउने नीतिले मानवअधिकार उल्लंघनको जोखिम बढाएको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले…

प्रतिकृयाहरू
...