Tuesday 13th January 2026

कुवेतमा पनि २८५६ राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमको सम्पूर्ण तयारी पूरा


तितोपाटी – तामाङ घेदुङ कुवेतद्वारा आयोजित २८५६ राष्ट्रिय सोनाम ल्होछार तथा वृहत् साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । सोनाम ल्होछार कार्यक्रम नेपालबाट अतिथि कलाकारको साथमा यहीँ आउदो फेब्रुअरी ७ तारिक शुक्रबारको दिन कुबेतको जिलिब स्थित नोटिङ्गम ब्रिटिश स्कुलमा हुनेभएको छ ।

नेपालबाट अतिथि कलाकारहरु बहुचर्चित लोकप्रिय गायिका मिना लामा, अन्जु लामा, जोगलाल लामा र युबी मोंग्रेसको साथमा स्थानीय चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ । कुबेतको जिलिब स्थित नोटिङ्गम ब्रिटिश स्कुलको हलमा मध्याह्न १२ बजे देखी शुरु हुने ल्होछार कार्यक्रममा तामाङ जातिको भाषा, धर्म, संस्कृति, भेषभुषाको संरक्षण र प्रबर्द्धन गर्ने उदेश्यका साथ कुवेतमा पनि हरेक वर्ष ल्होछार मनाउदै आएको छ ।

राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउनको लागि कुवेतमा कृयाशिल विभिन्न सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पूर्ण कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई निमन्त्रणा गरिसकिएको छ । यदि कुनै कारण बस निमन्त्रणा गर्न छुट्न गएको खण्डमा यसै समाचारलाई निमन्त्रणा मानी उक्त दिनको कार्यक्रममा उपस्थित भइ शोभा बधाई दिनुहुन तामाङ कुवेत घेदुङले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रमको हुने स्थान, मिति र समय तपसिल बमोजिम रहेको छ ।
स्थान : नोटिङ्गम ब्रिटिश स्कुलको हल जिलिब
मिति : ७ फेब्रुअरी २०२० (शुक्रबार)
समय : मध्याह्न १२ बजे
कार्यक्रम : २८५६ राष्ट्रिय सोनाम ल्होछार
आयोजक :नेपाल तामाङ घेदुङ, कुवेत


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...