Friday 23rd October 2026

वैदेशिक रोजगारीका लागी पुसमा मात्रै ५२ हजार नेपाली श्रमिकले देश छोडे


तितोपाटी-वैदेशिक रोजगारीका लागि पुस महिनामा मात्रै ५२ हजारभन्दा बढी नेपाली श्रमिक विदेशिएका छन् । संस्थागत, रिइन्ट्री, व्यक्तिगत तथा वैधानिकीकरण गरी गत महिनामा ५२ हजार २ सय २५ जना वैदेशिक रोजगारीमा गएका हुन् ।

पुस महिनामा श्रम स्वीकृति लिएर विश्वका विभिन्न ८४ मुलुकमा नेपाली कामदार पुगेका छन् । वैदेशिक रोजगार विभागका अनुसार विदेशिएकामध्ये धेरै मलेसिया गएका छन् ।
गत महिना ७ हजार ८ सय ४१ जना मलेसिया गएका थिए । नेपाली कामदार मलेसियापछि बढी साउदी गएका छन् । पुसमा साउदी अरब जानेको संख्या ६ हजार ३ सय २८, यूएई जानेको संख्या ५ हजार ६ सय ५९ रहेको छ भने कतार जानेको संख्या ४ हजार ८ सय २२ छ ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा नै २ लाख ५० हजारभन्दा बढी नेपाली विदेशिएका छन् । विभागले सार्वजनिक गरेको साउन महिनादेखि पुससम्म ६ महिनाको रेकर्डअनुसार रोजगारीका लागि कुल २ लाख ५३ हजार १३ जना नेपाली विदेशिएका हुन् ।-साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई…

प्रतिकृयाहरू
...