Tuesday 7th April 2026

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिको समुपस्थितिमा इजरायलमा काव्य गोष्ठी सम्पन्न


तितोपाटी – ‘साहित्य सुधा नेपाल’ इजरायलले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगा उप्रेतीको समुपस्थितिमा इजरायलमा एक काव्य गोष्ठी सम्पन्न गरेको छ। उक्त काव्य गोष्ठीको लागि नेपालबाट कुलपति उप्रेती सहित प्राज्ञद्वय देवी नेपाल र अम्म जोशी इजरायल पुगेका थिए।  साहित्य सुधा नेपालकी संस्थापक  झापा निवासी हाल इजरायलमा कार्यरत मनीषा प्रसाईकाे संयोजनमा साे काव्य गोष्ठी सम्पन्न भएको कुरा कुवेतस्थित साहित्यप्रेमी गोविन्द प्रसाद तिम्सिनाले तितोपाटी डट कमलाइ बताए ।

मनीषा प्रसाईकाे सभाध्यक्षता, कुलपति डा. उप्रेतीको प्रमुख आतिथ्यता,  प्राज्ञद्वयको विशेष आतिथ्यता र इजरायलमा कृयाशिल संघ संस्थाका पदाधिकारी एवं प्रतिनीधिहरूकाे आतिथ्यतामा सम्पन्न उक्त काव्य गोष्ठीमा  इजरायलस्थित कवि/कवयित्रीले उत्साहसाथ आ-आफ्ना रचना वाचन गरे। कार्यक्रममा साहित्य वाचनको अतिरिक्त गायन र नृत्यको  समेत प्रस्तुत गरिएको थियो।

काव्य गोष्ठीको अर्को रोचक पक्ष नेपाली साहित्य क्षेत्रका मुर्धन्य विद्वानहरूको अगाडी मनीषाले हिब्रु भाषामा मन्तव्यका साथै रचना वाचन थियो ।  नेपाली साहित्यकारहरूले अन्य भाषामा समेत साहित्य सृजना गर्न सक्नु आफैंमा एक विलक्षण प्रतिभा भएको अतिथिहरूले बताएका थिए ।  इजरायलको यो काव्य गोष्ठीले अतिथिगणमा निकै राम्रो छाप छाड्न सफल भएको कुरा गोष्ठीमा सहभागी भएका प्रत्यक्षदर्शीहरूले बताएक। साहित्य सुधा नेपालले साहित्य सुधामार्फत अन्तराष्ट्रियस्तरमा पहिलो पटक काव्य गोष्ठी गरि सकारात्मक सन्देश सम्प्रेषित गर्न सफल भएकोमा मनीषा प्रसाईं लगायत उनलाई नै यस किसिमको गहन दायित्व उपलव्ध गराउने प्रज्ञाप्रमुख र दुई प्राज्ञसमेतलाई  हार्दिक वधाइ तथा कृतज्ञता ज्ञापन गरेको छ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...