Friday 27th February 2026

अग्‍नि सापकोटालाई पक्राउ गर्न सर्वोच्चमा रिट


काठमाडौं –सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)का सांसद अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता तथा मानव अधिकारवादी दिनेश त्रिपाठीले शुक्रबार सापकोटालाई सभामुख हुनका लागि योग्य नभएको जिकिर गर्दै उनलाई पक्राउ गरेर छानबिन गर्न शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

सर्वोच्चमा रिट विचाराधिन अवस्थामा रहेका सापकोटालाई फेरि सभामुखमा प्रस्ताव गरेको भन्दै मुद्दाको अन्‍तिम टुंगो नलागेसम्म संसदको प्रक्रिया रोक्न त्रिपाठीले माग गरेका छन्। प्रहरीले वारेन्टी गरेको अवस्थामा सभामुख बनाउँदा दण्डहिनता बढ्ने र विधिको शासनलाई चुनौति मिल्ने उनको भनाइ छ।

द्वन्द्वकालीन अवस्थामा तत्कालिन एमालेका स्थानीय नेता अर्जुन लामाको हत्या प्रकरणमा मृतककी पत्‍नी पूर्णिमा लामाले काभ्रे जिल्ला प्रशासनमा जाहेरी दिएकी थिइन्। उक्त जाहेरीअनुसार काभ्रे प्रहरीले बयानका लागि सापकोटालाई बोलाएको छ।

डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सापकोटा सूचना तथा संचारमन्त्री नियुक्त भएका थिए। सापकोटालाई तत्कालिन संचारमन्त्री बनाएका बेला मन्त्री रोक्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य शुशिल प्याकुरेल,पत्रकार कनकमणि दीक्षितलगायत मानवअधिकारवादीले जाहेर गरेको रिट सर्वोच्चमा विचाराधिन छ।

अघिल्लो रिटमा प्याकुरेललगायत निवेदकले मन्त्री र भविष्यमा कुनै पनि पदमा नियुक्ति नगर्न माग गरेको छ।अघिल्लो रिट भने सर्वोच्चको संवैधानिक इजलासमा विचाराधिन छ।नेता अर्जुन लामा हत्या अभियोग लागेका सांसद सापकोटाले सभामुखमा उम्मेदवारी दिएका छन्। सभामुख चयनका लागि माघ १२ गते प्रतिनिधिसभामा निर्वाचन हुँदैछ।

-अन्नपूर्णपोष्टबाट 


सम्बन्धित शीर्षकहरु

बंगलादेश का गृहमन्त्री सलाहुद्दीन अहमद ले व्यक्तिगत लाभका लागि दायर गरिएका नक्कली मुद्दाहरूको पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन्। ढाका…

 पोखराबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो। दुर्घटनामा अठार जनाको मृत्यु भयो भने २७ जना घाइते भए, घटनास्थलबाट उद्धार…

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

प्रतिकृयाहरू
...