Friday 2nd October 2026

मागपत्र अनलाइन प्रमाणिकरण गर्न कतार दूतावासको आनाकानी


तितोपाटी-वैदेशिक रोजगारलाई व्यवस्थित गराउन सरकारले लागू गरेको मागपत्र अनलाइन प्रमाणिकरण प्रणाली लागू गर्न कतारस्थित नेपाली दूतावासले आनाकानी गरेको पाइएको छ।
सरकारले लागू गरेको नेपाली श्रमिकको प्रमाणित मागपत्रलाई अनलाइन प्रणालीमा अप ग्रेड गर्ने योजनालाई विभिन्न बहाना देखाएर नेपाली नियोगले आनाकानी गरेका हुन् ।

सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गराउँन नियोगमा प्रमाणित मागपत्र अनलाइन गर्न सबै नियोगलाई पत्राचार गरेपनि दोहास्थित नेपाली दूतावासले भने विभिन्न बहानामा प्रमाणित मागपत्रलाई अनलाइन गर्न नसकिने जनाउँदै आएको छ । विभागले विभिन्न चरणमा पत्र पठाएर अनलाइनमा जान सूचना जारी गरेपनि दूतावासले हाल आएर प्रणालीको सञ्चालनका विषयमा जानकारी नआएकाले तत्काल लागू गर्न नसकिने जनाएको छ ।आजको कारोबारदैनिक बाट


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...