Friday 23rd October 2026

मागपत्र अनलाइन प्रमाणिकरण गर्न कतार दूतावासको आनाकानी


तितोपाटी-वैदेशिक रोजगारलाई व्यवस्थित गराउन सरकारले लागू गरेको मागपत्र अनलाइन प्रमाणिकरण प्रणाली लागू गर्न कतारस्थित नेपाली दूतावासले आनाकानी गरेको पाइएको छ।
सरकारले लागू गरेको नेपाली श्रमिकको प्रमाणित मागपत्रलाई अनलाइन प्रणालीमा अप ग्रेड गर्ने योजनालाई विभिन्न बहाना देखाएर नेपाली नियोगले आनाकानी गरेका हुन् ।

सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गराउँन नियोगमा प्रमाणित मागपत्र अनलाइन गर्न सबै नियोगलाई पत्राचार गरेपनि दोहास्थित नेपाली दूतावासले भने विभिन्न बहानामा प्रमाणित मागपत्रलाई अनलाइन गर्न नसकिने जनाउँदै आएको छ । विभागले विभिन्न चरणमा पत्र पठाएर अनलाइनमा जान सूचना जारी गरेपनि दूतावासले हाल आएर प्रणालीको सञ्चालनका विषयमा जानकारी नआएकाले तत्काल लागू गर्न नसकिने जनाएको छ ।आजको कारोबारदैनिक बाट


सम्बन्धित शीर्षकहरु

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई…

प्रतिकृयाहरू
...