Thursday 10th September 2026

कुबेतमा पहिलो पटक “काब्य प्रवाह शृङ्खला” हुदै


तितोपाटी- अन्तरास्ट्रिय नेपाली साहित्य समाज कुबेत च्याप्टरले आउदो फेब्रुअरी महिनाको १४ तारिख शुक्रबार कुबेत मै पहिलो पटक “काब्य प्रवाह शृङ्खला” गर्ने भएको छ । च्याप्टरले बेला बेलामा बिभिन्न प्रकारका कार्यक्रम आयोजना गरि साहित्यिक खुराक कुबेतबासी नेपालीहरु माझ पस्किदै आएको छ । यसै मेसोमा “काब्य प्रवाह शृङ्खला” पस्किएर कुबेतमा कार्यरत नेपालीहरुलाई साहित्यिक स्वाद चखाउन लागेको प्रसाद तिम्सेनाले तितोपाटीलाई जानकारी गराएका छन ।

“काब्य प्रवाह शृङ्खला” को भाग १ फेब्रुअरी १४ बाट शुरु गर्न लागिएकोछ ।  यस लाई नियमित गर्दै १०० औ भाग सम्म पुर्याउने कुबेत च्याप्टरले लक्ष्य लिएको तिम्सेनाले बताए । पहिलो पटक आयोजना गर्न लागिएको “काब्य प्रवाह शृङ्खला” मा कुबेत कै नेपाली समाजमा आफ्ना गजल बाचनबाट तारिफ पाईरहेका गजलकारहरु अम्बर खड्का, प्रेम कटुवाल, हिमाल अन्जान र कुमारी चेमजोङ्गले आफ्ना गजल बाचन गर्नेछन ।

उक्त “काब्य प्रवाह शृङ्खला” मा उपस्थितिको लागि सम्पूर्ण साहित्यिक मनहरु, साहित्यकार, समाज सेवी बुदीजीबी पत्रकार लगायत सबैलाई आयोजक अन्तरास्ट्रिय नेपाली साहित्य समाज कुबेत च्याप्टरले अनुरोध समेत अनुरोध गरेको छ ।

कार्यक्रमको विवरणः

मिति:-२०२० फेब्रुअरी १४ तारिख शुक्रबार
समय: दिनको ठिक २ बजे
कार्यक्रम हुने स्थान:-द नेपा:फुडल्याण्ड फ्याम्ली रेस्टुरेन्ट, जिलिब
आयोजक: अन्तरास्ट्रिय नेपाली साहित्य समाज कुबेत च्याप्टर


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

यमनको पेरिम टापु अहिले निकै महत्वपूर्ण बनेको छ। यो टापु बाब अल–मन्दब नामक समुद्री मार्गमा पर्छ, जहाँबाट विश्वका धेरै तेल…

जोर्डनस्थित अमेरिकी सैन्य हवाई अड्डा Muwaffaq Salti Air Base मा राति भएको इरानी ब्यालिस्टिक मिसाइल हमलामा अमेरिकी सेनाका एक A-10…

प्रतिकृयाहरू
...