Monday 2nd February 2026

मुख्यमन्त्रीको फोटोमा जुत्ता प्रहार, ४ जना पक्राउ


जनकपुरधाम -प्रदेश २ मा विभिन्न मन्त्रालय तथा सांसदहरुले उपभोक्ता समितिमार्फत गराएको कामको रकम माग गर्दै आन्दोलनरत संघर्ष समितिले मुख्यमन्त्रीलाई जुत्ता हानेको छ। आन्दोलनरत उपभोक्ता संघर्ष समितिले पूर्वनिर्धारित कार्यक्रम अनुसार जनकपुरधामको जिरोमाईलमा मुख्यमन्त्रीसहित आधा दर्जन मन्त्रीको तस्बिरमा जुत्ता हानेको हो।

प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहको फोटो झुन्डयाएर जुत्ता हानेका छन्।

विभिन्न मन्त्रालयले उपभोक्ता समितिमार्फत भौतिक विकास निर्माण कार्य सम्पन्न गरेपनि हालसम्म भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले शुक्रबार जनकपुरमा प्रदर्शनसहित जुत्ता हान्ने क्रममा चार जनालाई पक्राउ गरेको छ।उपभोक्ता समितिले मुख्यमन्त्री राउतदेखि अन्य मन्त्रीहरुलाई सार्वजनिक स्थलमै जुत्ता हान्न थालेपछि प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, बिमलेश चौधरी र शंकर साहलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

गत आर्थिक वर्ष २०७५/०७६ मा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत वितरण गरिएका ८ सय ४२ योजनामध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ। प्रदेश सरकारले बक्यौता रकम भुक्तानी नगरेको भन्दै केही दिनदेखि निरन्तर रुपमा उपभोक्ता समितिहरु आन्दोलनमा उत्रेका छन्। यसअघि उपभोक्ता समितिहरुले प्रदेशसभा घेराउ गरेर प्रदर्शन, पूर्वाधार विकास कार्यालयमा तालाबन्दीसमेत गरेका थिए।उपभोक्ताहरुको बक्यौता रकम भुक्तानीबारे मुख्यमन्त्री लालबाबु राउतको तर्फबाट सरकारले स्पष्ट धारणा ल्याउनुपर्ने माग गर्दै सभामुख सरोजकुमार यादवले जवाफ दिन प्रदेश सरकारले रुलिङसमेत गरेका थिए। तर मुख्यमन्त्रीले हालसम्म जवाफ दिन नसकेपछि अनिश्चितकालिन संसद अवरुद्ध छ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

प्रतिकृयाहरू
...