Wednesday 14th October 2026

गायक निशान भट्टराईको सवारी दुर्घटनामा परि निधन


तितोपाटी – गायक निशान भट्टराईको सवारी दुर्घटनामा परि निधन भएको छ। दरबारमार्गस्थित एक रेस्टुरेन्टबाट निवास फर्कने क्रममा कार दुर्घटना भई उनको निधन भएको हो। उनी आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो।

४० को दशकको अन्त्यतिर उदाएका गायक भट्टराइ स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा गजल गाउँदै आइरहेका थिए। धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन्।

गायक भट्टराईको ‘कामनाले भरिएको‘’ पहिलो गीत हो। दीर्घ सिंह बमको रचनामा उनले पहिलो गीत रेडियो नेपालमा गाएका थिए। ‘माया गर माया गर‘’ उनको अर्को लोकप्रिय गीत हो। यसमा महिला स्वरमा सुकमित गुरुङले भट्टराईले साथ दिएकी छिन्। उनको अर्को लोकप्रिय गीत ‘हेर धर्ती‘’ हो। यो गीत नेपाल आइडल सिजन वानका प्रतिस्पर्धी निशान भट्राईले गाएपछि नयाँ पुस्ता माझ पनि लोकप्रिय भएको थियो।


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...