Saturday 14th March 2026

लुकिछिपी लाएको मायाले लियो ज्यान


तितोपाटी -रुपन्देही सियारी गाउँपालिका ३ का ३२ वर्षीय सनी कुमाल समान्य लेखपढ गरेका छन्। मजदुरी गरेर जीवनकोपार्जन चलाउँदै आएका थिए। कामको सिलसिलमा उनी रुपन्देहीकै तिलोत्तमा नगरपालिका क्षेत्रमा काम गर्न थाले । यता गैडहवा गाउँपालिकाकी ३० वर्षीया कान्छी सुवेदी भन्ने चम्पा क्षेत्री कुमाल नामक युवती केही समयको लागि आफ्नो मामा घर तिलोत्तमा आएर बसेकी थिइन्। काम गर्ने क्रममा सनीको भेट कान्छीसँग भयो । त्यसपछि भैंसी चराउने बहानामा उनीहरुको भेटघाट बाक्लिन थाल्यो। उनीहरु भेटघाट विस्तारै ‘लभ’ मा परिणत भयो।

‘कतिखेर माया बस्यो पत्तै भएन, प्रहरी नियन्त्रणमा रहेका सनीले भने, ‘असाध्यै माया गर्थे, कान्छीलाई तर…।’एकान्तमा बसेर उनीहरुले सँगै मर्ने सँगै बाँच्ने कसम खाएका थिए । सुरुवाती भेटघाटमा संसार र जीवन दुवै रमाइलो लाग्थ्यो उनीहरुलाई।लुकिछिपी भेटघाट गर्ने क्रम बढिरहेको थियो।केही समयपछि उनीहरुले बन्धनमा बाँधिने निर्णय गरे । त्यसपछि भागी विवाह गरे । विवाहको दुई वर्षसम्म दाम्पत्य जीवन राम्रोसँग चल्यो। सन्ताका रुपमा एउटा छोरा पनि जन्मियो उनीहरुको।

विस्तारै दुवैबीच खट्पट हुन थालेपछि श्रीमती र छोरा छोडेर सनी भारत पसे। सनीको अवस्था अज्ञात भएपछि छोरालाई लिएर उनी आफ्नो माइत आएर बस्न थालिन् । भारतमा बस्दाको समयमा उनले घरमा कुनै खोजखबर पनि गरेनन्।

सात वर्ष भारतको चेन्नईमा काम गरेपछि श्रीमती र छोराको माया लागेर उनी घर फर्के। सन्नी भन्छन्, ‘त्यसपछि पहिलो दिन सासूसँग कुराकानी गरेर श्रीमती लैजानका लागि निधो गरी फर्किए। भोलीपल्ट लिएर आए।

सनीले श्रीमतीलाई लिएर सियारी गउँपालिका १ स्थित डेरामा बस्न थाले। तर, विस्तारै श्रीमतीको विषयमा उनको मनमा शंका पलाउन थाल्यो । पुन: सँगै बस्न थालेको करिब एक महिना मात्र हुन थालेको थियो।सँगै बाँच्ने सँगै मर्ने कसम खाएर जीवनको सुरुवात गरेका उनीहरुका लागि पुस २२ गतेको रात काल बन्न पुग्यो। बिहान खाना खाएर काममा गएका सनी साँझ मदिराको नसामा घर आए। श्रीमतीसँगै खाना खान बसे । सनीका अनुसार खाना पस्किएर कान्छी बाहिर गइन् । बोलाउँदा भित्र आउने र पुन बाहिर जाने गरेपछि खाना छोडेर श्रीमतीलाई हेर्न बाहिर निस्किए।

घर नजिकै तोरीबारीमा परपुरुषसँग चुम्बन खाँदै गरेको देखेपछि रिस थाम्न नसकेर कान्छीको हत्या गरेको प्रहरीसमक्ष उनले बयान दिएका छन्।घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।श्रीमतीलाई घरमा ल्याएर हथौडाले उसको टाउको, अनुहार र छातीमा हानेर हत्या गरेको उनीले बताएका छन्। घटनालगत्तै अभियुक्त सनी कुमाललाई पक्राउ गरिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्कबहादुर खत्री बताए।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...