Thursday 10th September 2026

महासंघ कुवेतले कोषाध्यक्ष प्रदिप नेपालीलाइ विदाइ गर्यो


तितोपाटी-नेपाल पत्रकार महासंघ कुवेतले संस्थाका कोषाध्यक्ष प्रदिप नेपालीलाइ संस्थागत रूपमा विदाइ गरेको छ। महासंघ कुवेतमा विभिन्न पदिय जिम्मेवारीमा रहेर कार्य गरि सकेका नेपालीलाइ महासंघले पत्रकारिता क्षेत्रको विकास र विस्तारको लागि संगठित भएर योगदान दिएको भन्दै मायाको चिनो, दोसल्ला र खादा ओढाएर सम्मान गरेको हो।

महासंघले आयोजना गरेको विदाइ कार्यक्रममा कार्य व्यस्तताले उपस्थित हुने नसकेका सदस्यहरू बाहेक स्थानिय रूपमा संचालित सबै मिडिया हाउसका प्रतिनीधिहरूको उपस्थिति रहेको थियो। विदाइ कार्यक्रम महासंघका अध्यक्ष हरिकृष्ण न्योपानेको सभाध्यक्षमा सम्पन्न भएको थियो भने कार्यक्रममा अध्यक्ष लगायत उपस्थित सबैले नेपालीले महासंघमा आवद्ध भएर गरेको योगदानको चर्चा गर्दै अहिलेसम्म महासंघलाइ अघि बढाउन आफ्नो तर्फबाट सक्दो योगदान गरेकोमा धन्यवाद दिंदै आगामी दिनमा नेपालमै गएर पाैरखी बन्न लागेकोमा उत्तरोत्तर प्रगति र उज्वल भविष्यको कामना गरेका थिए।

विदाइ ग्रहण गर्दै नेपालीले प्रवासमा सिकेको पत्रकारितालाइ नेपालमा गएर पनि निरन्तरता दिने जनाउँदै संस्थामा आवद्ध भएर अग्रजहरू तथा सहयकर्मी साथीहरूबाट सिक्ने सिकाउने क्रममा छुटिदाका दिन सम्म केहि कमि कम्जोरी भएमा क्षमाप्रार्थी रहेको बताउँदै विश्वको जुनसुकै कुनामा रहे पनि सबैसँग सम्पर्कमा रहिरहने र आफ्नो तर्फबाट गर्ने सक्ने योगदानमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जाहेर गरेका थिए।  विगत ७ वर्ष भन्दा लामो समयदेखि कुवेत बसेर स्वदेश फर्कन लागेका कोषाध्यक्ष नेपाली कुवेत पसेको केहि समय पश्चात सामाजिक सेवा र सामुदायिक पत्रकारितमा जमेर लागेका थिए भने स्थानिय स्तरबाट संचालित हाम्रोसंचार डट कम को प्रमुखको रूपमा कलम चलाउँदै आएका थिए ।

 


सम्बन्धित शीर्षकहरु

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

प्रतिकृयाहरू
...