Saturday 14th March 2026

साबधान- म्यासेन्जरमा अटो म्यासेज जाने भाइरस आतंक


तितोपाटी- सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले एउटा ‘म्यासेज’ भाइरल बनेको छ । वास्तवमा त्यो म्यासज तपाईको साथीले पठाएको होइन । उसले त्यो म्यासेज खोलेको मात्र हो, त्यो पनि झुक्किएरअर्थात थाहा नपाएर।

तपाईंको फेसबुक म्यासेन्जरमा साथीले सरप्राइज म्यासेज भन्दै म्यासेज आइरहेको होला। साबधान! यसलाई नखोल्नुहोला। यो म्यासेज नभई भाइरस भएको फेसबुकले जनाएको छ। झट्ट हेर्दा शुभकामना जस्तो देखिने यस्तो म्यासेज भाइरस भएको फेसबुकले जनाएको हो। नयाँ वर्षको शुभकामना जस्तो देखिने यस्तो म्यासेज अहिले हरेकको म्यासेन्जरमा आइरहेको छ।

‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ भनेर लेखिएको उक्त म्यासेज तपाईंले खोल्नेबित्तिकै तपाईंका सबै साथीलाई जानेछ । तपाइको साथीले पनि उक्त म्यासेज खोल्दा अरु साथीहरुलाइ जाने पक्का छ। यसले अहिले सामाजिक सञ्जालमा आतंक नै मच्चाएको छ।

म्यासेन्जर प्रयोगकर्तालाई अहिले प्राप्त भैरहेको उक्त म्यासेज खासमा भाइरस हो। प्रयोगकर्ताको जानकारी बिना नै यस्ता म्यासेज आइरहेका छन्। झट्ट खोलेर हेर्दा नयाँ वर्षको शुभकामना देखिए पनि त्यसबाट तपाईंका फेसबुक साथीलाई ‘अटो म्यासेज’ गइरहेको हुन्छ। यस्तो भाइरसले तपाइको फेसबुक एकाउन्टमा अनाधिकृत पहुँच राख्न सक्छ। त्यसैले झुक्किएर भए पनि यस्तो लिङ्क नखोल्नुहोस्।

यस्ता म्यासेजहरूलाई आउने बित्तिकै डिलिट गर्नु भयो भने झुक्किएर खुल्ने सम्भावना रहँदैन। यस्ता खालका म्यासेजले तपाईंको फेसबुक ह्याक हुने, अरूसँग गरिएका गोप्य कुराकानी बाहिरिने सम्भावना रहने हुन सक्छ। यो समस्या अहिलेको मात्र होइन बेला बखत यस्ता समस्या आइरहेका हुन्छन्। यसअघि पनि अश्लील दृश्यका म्यासेजहरु अटो सेण्ड हुँदा फेसबुक प्रयोगकर्ताले हैरानी ब्यहोरेका थिए।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...