Wednesday 14th January 2026

साबधान- म्यासेन्जरमा अटो म्यासेज जाने भाइरस आतंक


तितोपाटी- सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले एउटा ‘म्यासेज’ भाइरल बनेको छ । वास्तवमा त्यो म्यासज तपाईको साथीले पठाएको होइन । उसले त्यो म्यासेज खोलेको मात्र हो, त्यो पनि झुक्किएरअर्थात थाहा नपाएर।

तपाईंको फेसबुक म्यासेन्जरमा साथीले सरप्राइज म्यासेज भन्दै म्यासेज आइरहेको होला। साबधान! यसलाई नखोल्नुहोला। यो म्यासेज नभई भाइरस भएको फेसबुकले जनाएको छ। झट्ट हेर्दा शुभकामना जस्तो देखिने यस्तो म्यासेज भाइरस भएको फेसबुकले जनाएको हो। नयाँ वर्षको शुभकामना जस्तो देखिने यस्तो म्यासेज अहिले हरेकको म्यासेन्जरमा आइरहेको छ।

‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ भनेर लेखिएको उक्त म्यासेज तपाईंले खोल्नेबित्तिकै तपाईंका सबै साथीलाई जानेछ । तपाइको साथीले पनि उक्त म्यासेज खोल्दा अरु साथीहरुलाइ जाने पक्का छ। यसले अहिले सामाजिक सञ्जालमा आतंक नै मच्चाएको छ।

म्यासेन्जर प्रयोगकर्तालाई अहिले प्राप्त भैरहेको उक्त म्यासेज खासमा भाइरस हो। प्रयोगकर्ताको जानकारी बिना नै यस्ता म्यासेज आइरहेका छन्। झट्ट खोलेर हेर्दा नयाँ वर्षको शुभकामना देखिए पनि त्यसबाट तपाईंका फेसबुक साथीलाई ‘अटो म्यासेज’ गइरहेको हुन्छ। यस्तो भाइरसले तपाइको फेसबुक एकाउन्टमा अनाधिकृत पहुँच राख्न सक्छ। त्यसैले झुक्किएर भए पनि यस्तो लिङ्क नखोल्नुहोस्।

यस्ता म्यासेजहरूलाई आउने बित्तिकै डिलिट गर्नु भयो भने झुक्किएर खुल्ने सम्भावना रहँदैन। यस्ता खालका म्यासेजले तपाईंको फेसबुक ह्याक हुने, अरूसँग गरिएका गोप्य कुराकानी बाहिरिने सम्भावना रहने हुन सक्छ। यो समस्या अहिलेको मात्र होइन बेला बखत यस्ता समस्या आइरहेका हुन्छन्। यसअघि पनि अश्लील दृश्यका म्यासेजहरु अटो सेण्ड हुँदा फेसबुक प्रयोगकर्ताले हैरानी ब्यहोरेका थिए।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...