Sunday 5th April 2026

ब्रेन ट्यूमरका बिरामी श्रीमानको उपचारको लागि श्रीमतीद्वारा सहयोगको अपिल


तितोपाटी – एक महिनादेखि अचेत अबस्थामा काठमाण्डाैं मेडिकल कलेजमा उपचाररत ब्रेन ट्यूमरका बिरामी श्रीमानको उपचारको लागि पीडितकी श्रीमतीले देश विदेशमा भएका नेपाली संघ सँस्था एवं दाजुभाइ तथा दिदीबहिनीहरूसँग सहयोगको अपिल गरेकी छन्। टेम्के मैयुङ गाउँपालिका-४ दिल्पा नागी भोजपुरका ४४ वर्षिय सन्तोष कुमार राईकी श्रीमती अनुकला राइले सहयोगको अपिल गरेकी हुन्।

ब्रेन ट्यूमर भएर गत जेष्ठ महिनामा अपरेसन गरिएका सन्तोषको ट्युमर पुनः बल्झिएपछी विगत एक महिनादेखी काठमाडौ मेडिकल कलेजमा आइ सि युमा उपचाररत छन्। पहिलो पटकको उपचारको क्रममा १२/१३ लाख ऋण काढीसकेका परिवारजन सन्तोषलाइ पुनः ट्यूमर बल्झिए पछि उपचार गर्ने खर्च जोहो गर्न नसकेर पीडित छन्।

अहिले पनि उपचारको लागि १५ लाख जति जुटाउनु पर्ने भएपछि पहिले नै त्यत्रो ऋणको बोझ भएका उनीहरूले अन्य कुनै उपाय नभएकोले पीडितकी श्रीमती अनुकलाले सहयोगको अपिल गरेकी हुन्। एक नेपाली भएर अर्को नेपाली अप्ठेरोमा परी छट्पटाउँदा मानवताको नाताले सहयोग गर्ने नेपाली विशेषता भएकोले ठुलो अाशा लिएर उनले देश विदेशमा रहेका संघ संस्था तथा नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ गुहारेको बताउँदै श्रीमानको उपचारमा सहयोग गरी ज्यान बचाइदिन अनुकलाले संसार भरका सबै सामाजिक मनका धनी नेपालीहरूलाइ गुहार गरेकी छन्।

सहयोग गर्न चहानुहुने इच्छुक दाजुभाइ दिदिबहिनीहरुले बिरामीकी श्रीमती अनुकला राइलाइ 00977-9810217750 मा सम्पर्क गर्न सक्नुहुनेछ।


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...