Friday 2nd October 2026

कुवेतमा एनआरएन कप भलिवल प्रतियोगिता- २०२० आगामी फेब्रुअरी २५ मा हुने


तितोपाटी – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले हाला फेब्रुअरीको छुट्टीको अबसर पारेर अागामी फेब्रुअरी २५ तारिक मंगलबारको दिन कुवेतको मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा अन्तर नेपाली भलिवल प्रतियोगिता गर्ने भएको छ भने भलिवल प्रतियोगिता आयोजना गर्नको लागि एनआरएनका युवा संयाेजक नबराज पराजुलीलाइ संयाेजकाे जिम्मेवारी दिएको छ।

एनआरएनए कुवेतले आयोजना गर्ने भलिवल प्रतियोगिताको लागि अन्तर्राष्ट्रय स्तरको कभर्ड हलको बुक गरि सकिएको छ भने इच्छुक नेपाली भलिबल टिमले प्रतियोगितामा सहभागिता जनाउन सक्ने एनआरएन कुवेतले जनाएको छ। भलिबल खेल प्रतियोगिताको लागि नेपाली बाहेक अन्य राष्ट्रका खेलाडीलाइ समावेश गराउन नपाइने जनाएको एनआरएनले स्पोर्टस सुज तथा टिम ड्रेस अनिवार्य गरेको छ।

भिआपी एरियामा कडा सुरक्षाको विच आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा सहभागी हुनको लागि सिभिल आइडीको कपी अनिवार्य गरिएको छ भने टिम दर्ता शुल्क कुवेती दिनार २१ लाग्ने एनआरएनले जनाएको छ। प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय हुने टिमलाइ नगद पुरस्कार, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने जनाएको एनआरएनले प्रथम पुरस्कारको राशी १५१ केडी, द्वित्तीय पुरस्कारको राशी १०१ केडी र तृतीय पुरस्कारको राशी ५१ केडि तय गरेको छ । प्रतियोगितामा अनुशासित टिम र उत्कृष्ट खेलाडीलाइ समेत पुरस्कृत गरिने भएको छ ।

प्रतियोगिता सम्बन्धि विवरणः
स्थानः गल्फ युनिभर्सिटीको कभर्ड हल मिसरफ कुवेत।
मितिः २५ फेब्रुअरी २०२० मंगलबार।
समयः बिहान ७ बजे देखि।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...