Sunday 1st February 2026

सांगीतिक धमाकाको लागी गायक प्रमोद, र गायिका योजना, कुवेत आउदै


तितोपाटी- नेपाली नयाँ वर्ष २०७७ को उपलक्ष्यमा कुवेत नेपाल सरोकार समाजद्वारा आयोजना चौथो सांगितिक धमाका कुवेत स्थित युनाइटेड ब्रिटिश स्कुलको हालमा १७ अप्रिल २०२० शुक्रबारको दिन हुने भएको छ।

बिगतका वर्षहरूमा जस्तै कुनै न कुनै सामाजिक कार्य गर्ने उद्द्श्य सहित कार्यक्रम गर्दै आएको समाजले यस वर्ष पनी छैटो वार्षिकउत्सवको अवसर पारेर सांगितिक धमाका गर्ने भएको छ। उक्त सांगितिक धमाकाको लागी ख्याती प्राप्त तथा सुमधुर स्वोरका धनी गायक- प्रमोद खरेल, संगै गायिका योजना पुरीको बेजोड सांगितिक प्रस्तुति रहने भएको छ।

उक्त कार्यक्रममा समाजले कुवेतमा कृयाशिल संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागी अनुरोध गर्दै सोही दिन कुनै पनि संघ संस्था र व्यक्ति विषेशले कार्यक्रम नजुधाइ दिन आयोजकले अनुरोध गरेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

प्रतिकृयाहरू
...