Sunday 5th April 2026

सांगीतिक धमाकाको लागी गायक प्रमोद, र गायिका योजना, कुवेत आउदै


तितोपाटी- नेपाली नयाँ वर्ष २०७७ को उपलक्ष्यमा कुवेत नेपाल सरोकार समाजद्वारा आयोजना चौथो सांगितिक धमाका कुवेत स्थित युनाइटेड ब्रिटिश स्कुलको हालमा १७ अप्रिल २०२० शुक्रबारको दिन हुने भएको छ।

बिगतका वर्षहरूमा जस्तै कुनै न कुनै सामाजिक कार्य गर्ने उद्द्श्य सहित कार्यक्रम गर्दै आएको समाजले यस वर्ष पनी छैटो वार्षिकउत्सवको अवसर पारेर सांगितिक धमाका गर्ने भएको छ। उक्त सांगितिक धमाकाको लागी ख्याती प्राप्त तथा सुमधुर स्वोरका धनी गायक- प्रमोद खरेल, संगै गायिका योजना पुरीको बेजोड सांगितिक प्रस्तुति रहने भएको छ।

उक्त कार्यक्रममा समाजले कुवेतमा कृयाशिल संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागी अनुरोध गर्दै सोही दिन कुनै पनि संघ संस्था र व्यक्ति विषेशले कार्यक्रम नजुधाइ दिन आयोजकले अनुरोध गरेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...